नेपालगन्ज : सामाजिक सेवामा उत्तरदायि संस्था लायन्समध्येकै उत्कृष्ट संस्था बनेकाे छ लायन्स क्लब अफ नेपालगन्ज जीवन । स्थापनाकाे छाेटाे समयमै बाँकेमा शिक्षा, स्वास्थ्य, पर्यटन र वातावरण हरितका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकाे उक्त संस्था पछिल्लो समय बाँकेमै रहेकम यस्ता सामाजिक संस्थामध्ये उत्कृष्ट क्दबका रूपमा देखिएको छ ।
लायन्स क्लब अफ नेपालगञ्ज जीवनले लायन वर्ष २०२६–२०२७ का लागि आन्तरिक पद हस्तान्तरण तथा चार्टर नाइट कार्यक्रम भव्य रूपमा मनाएको छ ।
निवर्तमान अध्यक्ष तोजेन्द्र बिकले नवनिर्वाचित अध्यक्ष मोहम्मद ज्याउल हकलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेकम छन ।नयाँ कार्यसमितिअन्तर्गत अध्यक्षमा मोहम्मद ज्याउल हक, प्रथम उपाध्यक्षमा डा. प्रकाश नाग, द्वितीय उपाध्यक्षमा सन्तोष बाबु सुवेदी, तृतीय उपाध्यक्षमा डा. राहुल मिश्रा, सचिवमा जगदीश रोकाया तथा कोषाध्यक्षमा पवित्र प्रकाश शर्मा निर्वाचित भएको संस्थापक अध्यक्ष जीवन शर्मा बताउँछन् ।
कार्यक्रमका प्रमुख अतिथि मल्टिपल कोअर्डिनेटर तथा पूर्व डिष्ट्रिक्ट गभर्नर लायन मधुसुदन रिजालले लायन्स सन् १९१७ देखि विश्वभर मानवीय सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाे बताए
संयुक्त राष्ट्रसंघ (यूएन) मा लायन्सको विशिष्ट पहिचान स्थापित भएको उल्लेख गर्दै संकट, विपद् र पीडितको सेवामा लायन्स सधैं अग्रपंक्तिमा उभिनुपर्ने रिजाल बताउँछन् ।
विशेष अतिथि निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन ज्ञानेन्द्र श्रेष्ठ तथा वर्तमान द्वितीय डिष्ट्रिक्ट गभर्नर लायन चिन्तामणि धितालले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाका अभियानलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए ।
पदभार ग्रहणपछि अध्यक्ष मोहम्मद ज्याउल हकले मानवता, सेवा र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता गरेका छन ।
कार्यक्रममा पत्रकार कमल न्यौपाने, मधु पौडेल, डा. प्रकाश नागलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो।
तीन वर्षअघि स्थापना भएको लायन्स क्लब अफ नेपालगञ्ज जीवका संस्थापक जीवन शर्मालाई क्लब स्थापना र संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा लायन्सकर्मी, समाजसेवी, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको थियो ।






