नेपालगन्ज : सदरमुकाम दैलेख बजारकाे मुटु काँडाचाैर सडक जीर्ण मात्रै हाेइन पाेखरी नै बनेकाे छ ।
तर, यसकाे मर्मतका लागि स्थानीय वडादेखि नगरपालिका र निर्माणकाे जिम्वारी यसअघि लगेकााे निर्माण कम्पनी उदासीन देखिएका छन ।
मसख्य सडकमै पाेखरी बनेवछि सवारीसाधनलाई मात्रै नभई पैदलयात्रीलाई समेत हिडडुलमा समस्या हुने गरेकाे स्थानीय नागरिक बताउँछन् ।
आर्थिक मसान्तमा लाखौं कमे सेटिङ्ग मिलाउन व्यस्त धेरै जनप्रतिनिधि र कर्मचारी त्यहि सडक भएर बजार आउने जाने गरिरहेपनि यसलाई मर्मत गरि पाेखरीलाई सडककाे रुप दिन कसैले आवाज उठाएको देखिदैन ।
जुन सडककाे छेेेउमै वडा नम्बर ६ का अध्यक्षकाे घर मात्रै छैन रास्वपाका निवर्तमान अध्यक्ष मित्रराज प्याकुरेलकाे घर जाने सडक पनि यहीँ हाे । यदपी उनीहरू समेत याे पाेखरी टालटुल गर्न उदासीन छन ।
सामाजिक सन्जालमा आएको एक तस्बिरले अहिले वडादेखि नगरपालिका र सबै जनप्रतिनिधिकाे समेत नैतिकतामाथि प्रश्न गरेकाे छ । याे सडक सदरमुकाम देखि बसपार्क हुँदै महाबु र नाैमुले जाेडने मुख्य सडक हाे ।
यसकाे मर्मतका लागि स्थानीय तहदेखि निर्माण कम्पनी र सडक डिभिजन सुर्खेत समेत गैरजिम्मेवार बनिरहेकाे देखिएको छ ।






