ट्रेण्डिङ

नेपालगन्ज  :  बाँकेमा दर्दजनबढि व्यवसायिक फर्म धरासायि भएका छन । आर्थिक सङ्गै कच्चापदार्थकाे अभावमा यस्ता फर्म धरासायि भएका हुन ।

यस्तै  दाङ, बर्दियामा पनि  दर्जनौं  व्यावसायिक फर्म बन्द भएका छन । सञ्चालन खर्च धान्न नसकेर दाङमा गत आर्थिक वर्षमा ८७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । बर्दिया र बाँकेमा पनि उल्लेख खङ्ख्या छ ।  यद्यपि, व्यवसाय बन्द गर्ने र खोल्नेको संख्या समान छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् ।

नयाँ दर्ता गर्नेको संख्या र बन्द गराउनेको संख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालय बाँके  बताउछ । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्य बढी छन् ।

सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । यो अवधिमा साना, मझौला र ठुला गरि करिव चार  उद्योग बन्द भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय