नेपालगन्ज : नेकपा एमाले बाँकेले जिल्ला कमिटीमा जिम्मेवारी बाँडफाँड गरेकाे छ । साे जिम्मेवारी सार्वजनिक हुन केही समय लाग्ने भनिएकाे छ । अध्यक्ष निरक गुरुङकाे अध्यक्ष तामा बसेकाे पदाधिकारी बैठकले यस्ताे बाँडफाँड गरेकाे श्राेत बताउछ।
उनका अनुसार सगठन विभागमा सचिव बलराम भट्टराई, स्कुलमा रत्न खत्रीलाई ताेकिएकाे छ । समाचार लेख्दा सम्मकाे सुचनाअनुसार आर्थिक विभागमा भिम रानाभाटकाे सम्भावना छ ।
नेपालगन्ज नगर इन्चार्जमा प्रमाेद रिजाल, कृष्ण थापा लगायतकाे लविङ चलिरहेकाे छ । अन्य विभागमा पनि जिम्मेवारी ताेकिएकाे छ । तर, आफुले चाहे अनुसारको जिम्मेवारी पाउन नेताहरूले पदाधिकारी सङ्ग राेइलाे गरिरहेका छन ।
जेठकाे पहिलो साता भएको जिल्ला अधिवेशन भए पनि पदाधिकारी बैठक नियमित बस्न नसक्दा जिम्मेवारी विभाजनमा दुई महिना लागेकाे हाे ।
विगतदेखि आर्थिक अपारदर्शी रहेकाे बाँके एमाले अब कसरी अघि बढछ याे भने हेर्न बाकी छ । विभागिय प्रमुखलाई अार्थिक पारदर्शिताकाे विषय कडा चुनाैतिका रूपमा देखिएकाे छ ।






