ट्रेण्डिङ
नेपालगञ्ज : बाँकेमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेका छन । तर, यिनलाई कानुनी दायरामा ल्याउने तर्फ बाँके प्रशासन उदासीन देखिएको छ ।
स्थानीय तह डुडुवा र राप्तीसाेनारि गाउँपालिका पनि यसरी चलिरहेका उधाेग नियमन गर्न कडा रूपमा अघि सरेका छैनन । उधाेग सन्चालक र जनप्रतिनिधिबिच गतिलो सेटिङ्ग हुने विगतदेखिकाे प्रचलनले गर्दा पालिकाका प्रतिनिधि चुपचाप रहदै आएका छन ।
बेला बखतमा अनुगमनकाे भाैकाल मच्चाएपनि प्रशासनले खासै कारवाहि र नियमन गर्न सकेको छैन । बाँके आउने अधिकाश प्रशासककाे खाेला नदि नै आम्दानिकाे मुख्य श्राेत बन्देै आएकाे छ ।
नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले यसअघि  तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका १८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले मापदण्ड पालना नगरेको उल्लेख छ ।

बाँकेमा २३ वटा क्रसर तथा बालुवा प्रशोसधन उद्योग छन् । तीमध्ये केही  बन्द अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयका सहायक सिडियाेकाे संयोजकत्वमा हुने अनुगमन समिति  पनि चुपचाप देखिादा यतिवेला पनि राप्ति नदि  किनार र आसपासका पालिकामा थुप्रै पहाड ठडिएका छन

क्रसर र बालुवा प्रशोधन उद्योगहरुले ढुंगा, गिट्टी, बालुवा उत्खन्न् विक्री तथा व्यवस्थापनसम्बन्धि मापदण्ड २०७७ मा उल्लेखित दूरीसम्बनधी मापदण्ड समेत उधाेगले पूरा गरेका छैनन् ।

यहाँका  क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले कानुन अनुसार नियमन गरिने अहिलेसम्मका सबेै सिडियाेहरुकाे रेडिमेट जवाफ बन्दै  आएकाे छ । तर, नियमन भएको देखिदैन ।

तर, अहिलेका सिडियाे खगेन्द्र रिजालले यस्ता उधाेगलाई नियमन गर्लान कि पुरानै  ढर्रामा रेडिमेट जवाफमै कार्यकाल सक्लान याे भने हेर्न बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय