ट्रेण्डिङ

नेपालगन्ज : सरकारी उदासीनता र लापरवाहीले नेपाललाई विस्तारै बाघमा दिगो संरक्षणसँगै व्यवस्थापनतर्फ चुनौती थपिदै गएको देखिएको छ ।

बाँके र बर्दियामा करिब डेढ सयकाे हाराहारीमा बाघ रहेका छन । यिनकाे पालन र सरक्षणमा समस्या देखिएको छ । निकुञ्जमा उचित अाहारा र पानीको समेत प्रबन्ध नभएको भेटिएको छ । तर, निकुञ्ज भने सबै छ भन्दै आएकाे छ ।

बाघ पाइने देशहरूले रुसको सेन्टपिटर्सवर्गमा सन् २०१० मा भएको सम्मेलनमा सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरे। सोहीअनुरूप नेपालले लक्ष्य त सहजै पूरा गर्‍यो तर दीर्घकालीन बाघ संरक्षण र व्यवस्थापनमा भने चुनौतीका चाङ छन्।

बाघ स्वस्थ जंगलको सूचक मानिन्छ। बाघ पाइने जंगल जैविक विविधताले पूर्ण मानिन्छन्। नयाँ बाघहरूले आफ्ना आधार क्षेत्रहरू बढाउँदै गएकाले उनीहरूको बासस्थान व्यवस्थापन गर्नु उत्तिकै जरुरी छ।

निकुञ्जहरूमा बाघको संख्या उल्लेख्य मात्रामा बढेपछि मानव–बाघ द्वन्द्व चुलिएको छ। राजमार्गहरूमा सवारी दुर्घटनाका कारण बाघ मर्ने क्रम बढ्दो छ।

आहाराको खोजीमा बाघहरू जंगल बाहिर निस्कँदा मानवीय क्षति बढेको छ। मानवीय आक्रमण गर्ने समस्याग्रस्त बाघहरू व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोककुमार राम मानवीय आक्रमण गर्ने बाघ छोपेर राख्न धेरै कठिनाइ भएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय