ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा दिनदिनै बढ्दो तापक्रमका कारण रगत अभाव झन् चर्किएको छ । अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापक्रमका कारण रक्तदान हुने क्रम घटेपछि हाल आएर रगत अभाव झनै चर्किएको ाहाे ।

गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पुर्‍याउनै समस्या भइरहेको रेडक्रस
बताउछ ।

ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको यहाँस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ  ।

बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय पनि लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकले बताएका छन् ।

थालेसिमिया, सिकलसेलका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी बताउछन् ।

कुनै ठुलो घटना दुर्घटना भइहालेमा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढाएको छ ।

आबश्यक रगत मौज्दात नहुँदा बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको छ’, उनले भने, ‘आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा र बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गर्नुपर्दा समस्या भइरहेको छ ।’

यहि समस्यालाई मध्य नजर गर्दै सहयाेगि मन बाँकेले रक्तदान कार्यक्रम गरेकाे सस्थाका अध्यक्ष इन्दिरा शाही बताउछिन । रगत अभाव भएको हँदा सबै सस्था निकाय र नागरिकलाई रक्तदानका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय