ट्रेण्डिङ

नेपालगन्ज : सिधनियाघाट आसपास राप्ती नदीमा पानीको बहाव बढेकाे देखिएकाे छ । तर स्थानीयलाई त्यसको प्रवाह छैन ।

पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लाग्ने गरेकाे हुन्छ । उनिहरुलाई ज्यानको समेत चिन्ता छैन । युवादेखि बुढासम्म नदिमा हाफ फाल्दै दाउरा सकलन गर्न व्यस्त हुने गरेका छन ।

डुडुवा–४ का पल्लवी वर्मा दाउरा जम्मा गर्न नदी किनारामा आएको बताउछिन । नदिमा बाढि सगै अाएका दाउरा टिपरे उनले आठ क्विन्टल दाउरा जम्मा गरेको बताइन । वर्मा सङ्कलन गरिएका मध्ये ठूला दाउरा बिक्री गर्ने र साना दाउरा घरमै प्रयोग गर्ने गरेको बताउछिन ।

घरमा लोग्ने मान्छे कोही पनि छैनन्, त्यसैले ज्यानको बाजी लगाएर दाउरा झिक्नु परिरहेको छ महिला कलावति यादव ले भनिन “बग्दै गरेको नदीबाट दाउरा झिक्न सजिलो छैन नि ! तर पनि दाउरा जोहो नगरेर हुँदैन ।” उनि यसरी नै करिब नौ क्विन्टल दाउरा जम्मा गरेकाे बताउछिन ।

बाढीले बैजापुर, कचनापुर, बिनौना, टेपरी, फत्तेपुर, पिप्रहवा, डुडुवा गाउँपालिकाको होलिया, चौफेरी, पिप्रहवा, खडैचा लगायतका क्षेत्र डुवानमा पर्ने खतरा रहदै आएकाे छ ।

पानीको सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन बाँके प्रशासनले आग्रह गरेको छ । तर, दाउराकाे समस्या समाधानका लागि स्थानीय भेलसङ्गै नदिमा हामफाल्न छाेडदैनन ।
स्थानीय शेखर अन्सारी पनि १२ क्विन्टल जति दाउरा निकालेको र त्यसमध्ये केही बेच्ने योजना रहेको बताउछन ।
जति सम्झाउँदा पनि स्थानीयले जोखिम मोलेर दाउरा निकाल्न नछाडेपछि सम्भावित दुर्घटनालाई मध्यनजर गरि सुरक्षा व्यवस्था मिलाउन बाँके प्रशासनलाई हम्मे परेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय