ट्रेण्डिङ

नेपालगन्ज : अहिले बाँकेका अधिकाश बचत तथा ऋण सहकारी संस्थाहरू सकसमा छन् । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर सहकारीहरू ठूलो घोचपेच र प्रहारको सामना गरिरहेका छन् ।

धेरैले घरजग्गामा सहकारीको लगानी फस्दा समस्या सिर्जना भइरहेको धारणा राखिरहेका छन् । सहकारी संस्थाहरूमा लेखा सुपरिवेक्षण समिति कमजोर भएको देखिन्छ । जब राज्यको एउटा अंग कमजोर हुँदा नागरिकका अधिकार कुण्ठित हुन्छन् ।

बाँकेका मैहुँ भन्ने सहकारी नमस्ते, टकसार, लगायतका सहकारीले बचतकर्ताकाे रकम जग्गा लगानी गरेर डुवाइरहेका छन । कतिपय सहकारी खारेज भएका छन । कतिपय कालाेसुचिमा त कतिपय बन्द भएका छन । यसले बचतकर्ता मारमा परेकाे देखिएको छ ।

यसले बचतकर्ताहरु समस्या परेका छन । उनिहरुले बचत फिर्ता माग्दा समेत पाएका छैनन् । बचतकर्ताकाे बचत जग्गामा लगानी गरेर मुनाफा कमाई केही सहकारी सन्चालकले चिल्ला गाडि चढने सुकिलाेमुकिलाे भई माेजमस्ति गरिरहेका छन ।

समस्याग्रस्त सहकारीहरूमा लेखा सुपरिवेक्षण समिति प्रभावकारी नभएको निष्कर्ष छ । सञ्चालकहरूको कमजोरी र गलत नियतका कारण सहकारीमा समस्या आयो भन्ने बुझाइ धेरैको छ ।

पछिल्लो समय बाँकेमा पनि सहकारी क्षेत्र निकै बदनाम भइरहेको छ। सहकारी क्षेत्र कोरोना महामारीपछि निकै समस्या परिरहेका छन्। सहकारीमा अहिले मानिसहरु बचत गर्न डराउँछन्।

मानिसहरुले सहकारीमा ‘बचत गर्नु भनेको डुब्नु हो’ भन्ने धारणा बनाइरहेका छन्। यसलाई चिर्न सहकारी मन्त्रालय र सहकारी विभागले सकेका छैनन्।

कतिपय सहकारीका सञ्चालकहरुले मानिसहरुलाई मुद्धती खातामा बचत गर्न लगाएर फरार भएका छन्। नेपालगन्जमा यस्ता उदाहरण धेरै छन ।

यतिसम्म कि कतपपयले लगातार २ बर्षसम्म साधारण सभा नगरेको, लेखा परिक्षण नगराएको, सहकारी डिभिजनलाई वार्षिक रुपमा बुझाउनुपर्ने प्रतिवेदन नबुझाएको, संस्थाको वित्तिय एवम् ब्यवसायिक कारोबार सन्तोषजनक नभएकोले सहकारी ऐन २०४८ को १४(३) र सहकारी संस्था दर्ता लेखापरिक्षण, अनुगमन तथा नियमन सम्बन्धी मापदण्ड २०६८ बमोजिम संस्था दर्ता खारेज गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय