ट्रेण्डिङ

नेपालगन्ज : नेपाल–भारत सीमा क्षेत्रको जमुनाहस्थित रहेको सुख्खा बन्दरगाहमा सुरक्षा चेकजाँचको अभाव देखिएको छ । बन्दरगाह निर्माणपछि त्यहि बाटो भएर ठुला सवारी साधन नेपालगञ्ज आउने र भारततिर जाने गरिरहेका छन् ।

तर, ती साधनको चेकजाँचका लागि सरकारी तवरबाट कुनै प्रयास गरेको देखिँदैन । भारतर्फ भने भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्ने गरेका छन् । यता नेपालमा भने सुरक्षाका लागि नत नेपाल प्रहरी छन, नत सशस्त्र नै ।

यश बिषयमा बाँके प्रहरी र प्रशासन समेत मुखदर्सक बनिरहेका छन । यहाँ जनपथ तथा शसस्त्र प्रहरीकाे चेकजाच जरुरी छ ।

बन्दरगाहकै सेक्युरिटी गार्ड र जमुनाहबाट दैनिक पठाइने एक जना सशस्त्रका जवानले दैनिक सयौं यस्ता साधनको निगरानी गर्न कठिन देखिएको छ । यद्दपी नेपाल प्रहरीले भने अहिलेसम्म बन्दरगाहमा सुरक्षा चेकजाँचका लागि एउटा युनिट समेत राख्न चासो देखिाएको छैन ।

यसले यसरी भारत जाने र नेपाल आउने यात्रुबहाक बससँगै कन्टेनरमा र ट्रकमा अबैधरुपमा विभिन्न सामानहरु ओसारपोसार भइरहेको स्थानीय बताउँछन् । जसका कारण नेपाल तर्फको भन्सारमा राजश्व छली भइरहेको छ ।

बसका सिटमुनी र डिकीमा र ट्रकको भित्रि भागमा यसरी अबैद्य रुपमा सामान नेपालगञ्जतिर आर्यात भइरहेका छन् भने भारततर्फ यहाँको जडिबुटी लगायतका विविध सामान निर्यात भैरहेकाे छ । यसकाे राेकथामका लागि पनि यहाँ नियमित सुरक्षा जाचकाे जरुरी देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय