नेपालगन्ज : एमाले बाँकेकाे कार्यविभाजनमै भाडभैलाे मच्चिएको चर्चा छ । यसअघि बसेकाे पदाधिकारी बैठकले तय गरेकाे जिम्मेवारी बाँडफाँडको लिस्टमा बहुमत जिल्ला कमिटी सदस्यले आपत्ति जनाएपछि कार्य विभाजनमा लफडा देखिएकाे एमाले बाँके श्रेात बताउँछ ।
जिल्ला अधिवेशनबाट नयाँ कमिटीले काम थालेकाे तीन महिना बित्दा समेत उचित कार्य विभाजन हुन नसक्दा जिल्ला कमिटी सदस्य काम र जिम्मेवारी विहिन भएका छन ।
पालिका र वडा तहमा इन्चार्ज ताेक्न पदाधिकारी असफल भएपछि यी तहका गतिविधि समेत प्रभावकारि अघि बढन सकेका छैनन ।
कार्य विभाजनमा जिल्ला पदाधिकारी देखि केन्द्रीय सदस्यका आसेपासेलाई मिलाउने बिषयमा पनि विवाद भएको खुलेको छ ।
नैतिकताका आधारमा यसअघि सहइन्चार्ज भएकालाई स्वत: इन्चार्ज दिनपर्ने एकथरी बताउदै आएका छन । तर, पदाधिकारी र केन्द्रीय सदस्यकाे आफ्नै इन्टेस बाझिएपछि केन्द्रकाे सर्कुलर फरक आएकाे निहुँ पारेर साे कार्यविभाजन राेकिएकाे छ ।
तीन महिनासम्म सामान्य कार्यविभाजन गर्न नसक्नुले अहिलेकाे पदाधिकारी टिम असफलताकाे बाटाे अघि बढेकाे देखिएकाे छ । यस बिषयमा एक पदाधिकारी पाटि केन्द्रकाे सर्कुलरका कारण कार्यविभाजनमा ढिलाइ भएको बताउँछन् । तर, सर्कुलरमा के छ भन्ने प्रश्नमा उनले प्रतिक्रीया दिएनन ।






