ट्रेण्डिङ

नेपालगन्ज : मेयर प्रशान्त विष्टजि नमस्कार । कहिले तिर्ने हाे,१९ कराेड ऋण ? याे प्रश्न नेपाल विधुत प्राधिकरण बाँकेले नेपालगन्जका मेयरलाई गरेकाे हाे ।

नेपालगन्ज उपमहानगरपालिकाले नेपाल विधुत प्रधिकरण बाँकेलाई १९ कराेड बक्यौता वाफतकाे ऋण तिर्न बाँकी रहेकाे देखिएकाे छ । हुन त याे रकम विगत लामाे समयदेखिकाे हाे ।

यद्यपि बक्यौता तिर्ने जिम्मेवारी उपमहानगरपालिका अर्थात् मेयर लगायतका जनप्रतिनिधिकाे हाे । यसमा मेयर विष्ट सहितका जनप्रतिनिधि उदासीन देखिएका छन ।

नेपालगन्जसङ्गै काेहलपुर, खजुरा लगायतका प्राय: पालिकाे बक्यौता देखिएकाे छ । विधुत प्राधिकरणले नेपालगन्ज सहितका पालिकालाई तत्काल बक्यौता तिर्न भन्दै बक्यौता नतिरे लाइन काटने चेतावनी सहितकाे पत्र पठाएको छ ।

बक्यौता तिर्ने बिषयमा मेयर लगायतका जनप्रतिनिधि र पालिकाका कर्मचारी कुनै प्रतिक्रीया दिन चाहदैनन् । यसकाे मतलव पालिकाले विधुतमाथि दादागिरी चलाइरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय