नेपालगन्ज : नेकपा एमालेबाट निर्वाचित बाँके क्षेत्र नम्बर एकका सङ्घिय साँसद सुर्य ढकालले शिक्षा विधेयकका बिषयमा साउन ७ गते आफुले व्यक्त गरेकाे विचारका सवालमा आत्म आलाेचना सहित माफी मागेका छन ।
उनले एक प्रेस विज्ञप्ति मार्फत शिक्षा बिधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा मेराे भनाइले समस्त शिक्षककाे आत्मसम्मानमा ठेस पुगेको भन्दै आत्म आलाेचना गरेका हुन ।
उनकाे भनाइप्रती यसअघि सिद्धपाइला अनलाइनले शिक्षकहरूकाे धारणलाई समाचार बनाएकाे थियाे । उक्त समाचारका माध्यमबाट शिक्षकहरुले आन्दाेलन गर्ने, साँसद ढकाललाई साे पदबाट निलम्बन गर्नुपर्ने लगायतका माग राखेपछि हतासिएर पत्रकार सम्मेलन गरेर विज्ञप्ति जारी गर्दै ढकालले आत्म आलाेचना सहित माफी मागेका छन ।
उनकाे भनाइ प्रती बाँकेसहित देशभरका शिक्षकहरु आक्रोशीत बनेका छन । यतिवेला चरम विवादमा देखिएका साँसद ढकाल पत्रकार सम्मेलनमै झुटकाेखेती गर्न पछि परेका छैनन ।
सँसदिय शिक्षा समितिकाे कार्यक्रममा शिक्षकलाई नानाथरी भनेर विवादमा आएका उनी केही दिनयता झुटकाेखेती गदै हाेइन, छैन भनेर ढाकछाेपमा लागेकाे देखिएकाे थियाे ।
राजनीति नै सक्किने डरमा रहेका ढकालले कसैकाे साथ नपाएपछि एमाले निकट विद्यार्थी र केही शिक्षक नेतालाई गुहारेका थिए ।
उनी खुरापात गर्न र जनतासङ्ग झुट बाेल्नमा माहिर देखिएपछि जनतासङ्गेै पाटि नेतृत्वले समेत उनकाे विश्वास गर्न छाेडेकाे बाँकेका एक एमालेका नेता बताउँछन् ।
उनले यसअघि पनि आफ्नाे निर्वाचन क्षेत्रमा अर्वाै बजेट ल्याएकाे भन्दै जनतालाई झुट बाेल्दै आएका छन ।
स्मरणहाेस उनका कारणले साेक्षेत्रमा उनले भनेअनुसारकाे बजेट आएर कुनै देखिने काम हुन सकेको छैन । यसले पनि उनकाे खुरापात र झुटकाे खेल स्पष्ट देखिएकाे काेहलपुर क्षेत्रकै एमालेहरु बताउँछन् ।






