नेपालगन्ज : बाँकेमा राप्ती नदीले भत्काएको तटबन्धन पुनः निर्माण हुन नसक्दा दुई गाउँपालिकाका ६० हजार बढी नागरिक डुवानको उच्च जोखिममा देखिएका छन् ।
राप्तीसोनारी गाउँपालिका-७ खल्ला झगडियामा नदीको कटान तथा डुवान रोक्न निर्माण गरिएको अस्थायी तटबन्धन दुई वर्षअघि बाढीले भत्काएको थियो ।
उक्त तटबन्धन पुनः निर्माण हुन नसक्दा राप्तीसोनारी-६ र ७ तथा नरैनापुर गाउँपालिका-६ मा गरी करिब ६० हजारभन्दा बढी नागरिक डुवानको उच्च जोखिममा रहेका हुन ।
राप्तीमा जल सहत बढ्दै गएर नदी गाउँतिर सोझिँदै आएको छ । लगातार वर्षा हुनासाथ राप्तीको बाढी गाउँ पस्ने जोखिम बढ्दै गएको ेखउिएनकालेे छ ।
डुवान समस्याबारे समाधानका लागि त्यस क्षेत्रका साँसद भनिएका सुर्य ढकाल र कृष्णा केसी उदासीन देखिएका छन । निर्वाचन ताका जनतालाई धेरै आश्वास दिएर ललिपप देखाउदै जनताकाे मतले साँसद बनेका उनिहरु अहिले जनताका यस्ता समाानमा हाेइन खुरात र झुटकाेखेती गर्नमा व्यसत छन ।
संघिय साँसद ढकाल प्रतिबद्दता जनाउन माहिर छन । नमुनाबाट सिन्काे भाँचि एक काम हुन सक्दैन । नागरिक सधैं त्रसित छन ।
खल्ला झगडियामा राप्ती नदीले तीव्र रूपमा कटान गरिरहेकाले ठूलो विपत्ति निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी तत्काल यहाँ उचित तटबन्ध गर्न जरुरी देखिएकाे छ ।






