ट्रेण्डिङ

नेपालगन्ज : बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित साँसद सुर्य ढकाल आफ्नै निर्वाचन क्षेत्रका जनताकाे जाेखिमप्रती रमिते बनेपछि क्षेत्र नम्बर दुईका संघिय साँसद दिपा शर्माले समग्र बाँकेकने प्रतिनिधत्व गर्दै राप्ती नदिमा तटबन्धका बारे सम्बन्धित निकायमा सराेकारवालसंग छलफल चलाएकी छन ।

साँसद शर्माकाे सकृयतामा विपद जाेखिम न्युनिकरण प्राधिकरणका प्रमुख अनिल पाेखरेल लगायत सम्बन्धित मन्त्रालयका मन्त्री सचिवहरूसँग उक्त समस्या नागरिकले भाेग्नु परेकाे जाेखिम दिर्घकालिन समाधानका लागि बहस गरिएको छ ।

सिद्धपाइला अनलाइनले राप्तीमा तटबन्धनका वारे समाचार लेखे लगत्तै साँसद शर्माले सम्बन्धित निकाउमा यसकाे समाधानका लागि ध्यानाकर्षण गराएकी छन ।

चुनावका बेला यश क्षेत्रका साँसद ढकालले नागरपकलाई अर्वाैका झुटा याेजना बाँडेर राजनीति गरेपनि अहिलेसम्म फुटटि काम गर्न नसकेकाे त्यस क्षेत्रका नागरिक समेत बताउँछन् ।

उक्त छलफलमा प्राधिकरणका प्रमुख पाेखरेलले केही दिनमै अर्थ मन्त्रसंग छलफल गरे तटबन्धका लागि बजेट व्यवस्थापन गरेने बताएका छन । बाँकेकाे समग्र विकास र समृद्धिका लागि यतिवेला साँसद शर्माकाे सक्रियता बढेकाे एमाले बाँकेका केन्द्रीय सदस्य समेत रहेका नेता पशुपदयाल मिश्र बताउँछन् ।

तर, निर्वाचन तनका काेहलपुर, राप्तीसाेनारी र नरैनापुरका जनतालाई अर्बौंका दर्जनौं याेजनाकाे ललिपप देखाएका त्यहि क्षेत्रका साँसद ढकाल भने यतिवेला झुटकाेखेतिमा व्यस्त देखिदै आएकाे नागरिक नै बताउछन ।

यहाँकाे समस्याका बारे यसअघि बाँकेका सिडियाे खगेन्द्र रिजालले समेत स्थलगत अगमन गरेर अबस्था बुझेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय