नेपालगन्ज : नेकपा एमालेबाट निर्वाचित बाँके क्षेत्र नम्बर एकका सङ्घिय साँसद सुर्य ढकाल बिरुद्ध अदालतमा मुद्दा दर्ता भएको खुलेकाे छ ।
जितबहादुर बर्माले सामाजिक सन्जाल फेसकुक मार्फत साँसद ढकाल बिरुद्ध अदालतमा मुद्दा परेकाे उल्लेख गरेका छन ।
शिक्षा समितिकाे बिधेयकमाथि छलफलका बेला साउन ७ गते साँसद ढकालले दिनरात दारु खाएर बस्नेलाई पनि शिक्षक मान्नुपर्ने, शिक्षककाे ५/५ बर्षमा परीक्षा लिनुपर्ने लगायतका अमर्यादित अभिव्यक्ति दिएका थिए ।
उनकाे यस्तो अभिव्यक्तिले आम शिक्षककाे मान, मर्यादामा ठेस पुगेकाे भन्दै शिक्षकहरू न्यायका लागि अदालत पुगेकाे बताएकाे छ ।
तर, शिक्षा विधेयकका बिषयमा साउन ७ गते आफुले व्यक्त गरेकाे विचारका सवालमा आत्म आलाेचना सहित माफी मागिसकेका छन ।






