काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीले साउन १७ र १८ गते काठमाडौंमा जिल्ला अध्यक्ष हरुको भेला गरेकाे छ । देशभरका करिव ६५ जिल्लावाट अध्यक्षहरु सहभागी भयको दुइ दिने भेलाले पार्टीले ढुलमुले नीति लिएको,प्रचण्ड सरकारमा सहभागी भएको,आन्दोलन लाई निरन्तरता नदिएको भन्दै अध्यक्ष राजेन्द्र लिङदेनको व्यापक आलोचना गरेको छ।
न्युनतम पनि जिल्लाको अफिस रहेको घरभाडा दिनुपर्ने भन्दै अध्यक्षहरुको भेलाले पार्टी भित्र मौलाएको गुटबन्दी लाई निषेध गर्न अध्यक्षको ध्यानाकर्षण समेत गरेका थिय।
भेलाले निर्वाचन केन्द्रित भएर जिल्ला तहसम्मको अधिवेशनहरुलाई चाँडै सक्ने गरि पार्टीले लिएको लक्ष्य पूरा गर्ने काममा लाग्नु पर्ने निर्णय गरेको छ।
अध्यक्षहरुको भेलाले नया नेतृत्व स्थापित भएपछि पार्टी एक सीटबाट १४ सीट तथा प्रदेश समेत ४२ सिटमा स्थापित हुन सकेकोमा अध्यक्षलाई धन्यवाद समेत व्यक्त गरेका थियाे ।
यद्यपि पार्टी भित्र गुट मौलाएको,पार्टीको मुल उदेश्य आन्दोलनलाई तुहाउन खोजेको,आफुभन्दा सिनियर नेताहरूको मानमर्दन गर्ने गरि अध्यक्ष हिडेको,तथा पार्टी लाई विधान बमोजिम संचालन नगरेको र आफू निकट जिल्लामा हैसियत नभएकालाई केन्द्रीय पदहरुमा नियुक्ति गरेको भन्दै चर्को आलोचना समेत गरेको छ।
बैठकको सुरुमै अध्यक्ष स्वयंमले जिल्ला अध्यक्षलाइ खुलेर आफ्नो कुरा राख्न तथा आलोचना समेत गर्न छुट हुने मन्तव्य दिएका थिए ।
यो भेलाले अध्यक्ष लिङदेन माथि जिल्लाको असन्तुष्टिलाई पनि सम्बोधन गर्दै अघि बढ्नुपर्ने चुनौती वढेको राप्रपाका एक नेता वताउछन । पार्टी सञ्चालनको क्रममा सांगठनिक कमीकमजोरी छन् भन्ने कुरा पनि आएको छ त्यसलाई सच्याउन अध्यक्षलाई व्यापक दबाब पनि आएको एक पदाधिकारी बताउँछन् ।
कांग्रेस एमालेको गठवन्धनमा वनेको सरकारले मुलुक लाई निकास दिन नसक्ने भेलाको निष्कर्ष छ।
विभिन्न भ्रष्टाचार काण्डहरुलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको हो । यसले जनताको अपेक्षालाई सम्वोधन गर्न सक्दैन ।
ठूला भनिएका पार्टीहरु भ्रष्टाचारको दलदलमा फसेको र नयाँ भनिएका पार्टीहरुले पनि जनतामा निराशा पैदा गरेको कारण यो अवसर राप्रपाको लागि उत्तम रहेको ठहर सहितको निष्कर्ष भेलाले निकालेको छ।
त्यसो त भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेन पनि दुई ठूला पार्टी मिलेपछि समावेशिता र समानुपातिकता खतरामा देखिन थालेको टिप्पणी गरेका थिए । उनले बहुदलीय व्यवस्थालाई समाप्त पारेर दुई दलीय व्यवस्था स्थापित गर्ने प्रयत्न भइरहेको भन्दै कांग्रेस-एमालेमात्रै भएको देश कस्तो हुन्छ भन्दै प्रश्न गरेका थिए ।
अध्यक्ष लिङदेनले सर्वसत्तावाद र अधिनायकवाद को विरुद्ध कठोर संघर्ष गर्ने तथा अब हुने आन्दोलनको लागि तयार रहन अध्यक्ष हरुलाइ निर्देशन समेत दियका थिय।
राप्रपाले अब बैचारिक रुपमा महत्त्वपूर्ण भुमिका सहित जनताले आसा गरे वमोजिम अगाडि वढेर ससक्त शक्तिको रुपमा पार्टी लाई स्थापित गर्न सकिने भेलाको निष्कर्ष छ ।
नयाँ नेतृत्वलाई जिल्लामा हैसियत नभएका तथा जनमत नभएकाले घेरेर जथाभावी प्रयोग समेत गरेकोमा अध्यक्ष हरुको भेलाले सुध्रन समेत आग्रह गरेको छ।
लगातारको पाँच उपचुनावमा आएको शून्य परिणामले अध्यक्षको क्रियासिलतामा कमि आयको तथा कुनै जिल्ला अध्यक्षसंग प्रत्यक्ष संवाद नगरेको,टेलिफोन नउठाएको तथा कार्यकर्ता हरुलाइ सार्वजनिक रुपमा धम्किदिदै हिडेको प्रति त्यसतो नगर्न र जनमत भएका नेताहरुलाई पद दिन र केन्द्रमा पद दिदा जिल्लाको स्वीकृत लिन समेत अध्यक्षलाई भेलाले भनेको छ।
पहिलो दिन नै वोल्ने अधिंकास जिल्ला अध्यक्षले व्यापक आलोचना गरेपछि अध्यक्ष लिङदेनले धुंवाराहि स्थित एक पार्टी प्यालेसमा दिएको रात्रीभोजमा फकाउने प्रयास गरेका थिय।
अध्यक्ष लिङदेन एकपटक पुन पार्टीको नेतृत्वमा दोहोरिन चाँहान्छ न तर,उनको कार्यसैलिले यो सम्भव नभएको एक पदाधिकारी बताउँछन् ।
अध्यक्षज्यु लाई आन्दोलन प्रति प्रतिबद्ध नै गराउन सकिएन ती नेता भन्छन उहाँ भन्नुहुन्छ एउटा गर्नुहुन्छ अर्को तसर्थ उहाँ दोहरिने सम्भावना अत्यन्तै न्यून छ।
राप्रपाको महाधिवेशन २०८३ मंसिरसम्म गरिसक्नु पर्नेछ । ती नेता थप्छन आउदो निर्वाचनको तयारी गर्न हामी अर्ली महाधिवेशन गर्दैछौ।
अध्यक्ष लिङदेन लाई हिजो काध हालेर सहयोग गरेको उनले हिजोका सहपाटी कसैलाई पनि वास्ता नगरेको अझ उपेक्षा समेत गरेका कारण अवको अधिवेशनले अध्यक्षमा लिङदेनलाई नै निरन्तरता दिनेमा शंका रहेको ती नेता बताउँछन्
नेतृत्वले सबैलाई समेटेर लान नसकेको र अब कस्तो रुपमा जान्छ भन्नको लागि अधिवेशन नै कुर्न पर्ने ती नेता बताउँछन् ।
सैद्धान्तिक मतभेद नरहेको राप्रपामा अध्यक्षको कार्यसैलि माथि मात्र टिप्पणी भयको छ।अध्यक्ष लिङदेन अहिले हतासमा र अत्तालियको जस्तो देखिन्छन बैठकहरुमा समेत अत्यन्तै लुज टक गर्छन।
उनी वढिजस्तो आवेगमा आउने कार्यकर्तालाइ धम्किदिने तथा सवै निर्णय एक्लै गर्ने गरेको ती पदाधिकारी बताउँछन् ।
त्यसोत उनको कार्यकालमा कार्यसम्पादन समितिको बैठकमा हात हालाहाल,महिला संगठनको अध्यक्षले काम गर्न नदियको भन्दै राजिनामा,केन्द्रीय समिति बैठकमा महामन्त्री सहित ३ दर्जन केन्द्रीय सदस्यले उठेर जनाएको विरोध तथा विधानको अपहेलनाले उनी आलोचित नै छन । भातृ संगठन तहसनहसको समेत आरोप उनिमा छ।
सनो विषयलाई लिएर टुटफुट भइरहने पुर्व पंचको दल राप्रपाले अवको राजनितिक यात्रा कसरी तय गर्छ त्याे भने हेर्न बाँकी छ।






