नेपालगन्ज : भेरी अस्पतालका नर्सिङ कर्मचारी झसिन्द्रा केसीले जन्मदिनका अवसरमा दर विशेष सेलिब्रेसन गरेकी छन ।
आफ्नाे जन्मदिनलाई भव्य र सभ्य बनाउँदै केसीले महिलाहरूकाे महान पर्व तिजका अवसरमा अस्पतालकाे आवास क्षेत्रमा बसाेबास गर्ने महिला कर्मचारी माझ दर सेलिब्रेसन गरेकी हुन ।
सामाजिक गतिविधिमा उत्तिकै सक्रिय केसी भेरी अस्पतालकाे डायलासिस युनिटमा कार्यरत छन । जन्मदिनसङगैकाे दर बिशेष सेलिब्रेसनमा सहभागी महिलाहरूले तिजका गितमा छमछमि नाचेर रमाइलो गर्नुका साथै भेटघाट र आपसि सुख दु:ख साटासाट गरेका थिए ।
तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण चाड हो । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने र दर खाने परम्परा रहेकाे भेरी अस्पतालकम प्रमुख नर्सिङ प्रशासक दुर्गालक्षमी श्रेष्ठ बताउछिन ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज यतिबेला अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिएकाे छ ।






