ट्रेण्डिङ

नेपालगन्ज : राप्तीसाेनारी स्थित राप्ती नदिका गिट्टि, बालुवाले केही युवालाई कारागार पठायाे त केही भारतीय अस्पतालमा पुगेका छन ।

घटनालाई अहिले राजनीतिकरण गरिएको छ । तर, बिनाैना घटना सतप्रतिशत गिट्टी वालुवा र व्यक्तिगत लफडा नै भएको स्पष्ट देखिएको छ ।

बाँकेमा बेलाबखतमा यहि निहुँमा यस्ता घटना हुने गरेका छन । यद्यपि यस्ता घटनालाई पछि राजनीतिकरण गरिन्छ ।

स्मरणहाेस : यसअघि नेपालगन्जमा भएको रिगलकाण्ड पनि व्यक्तिगत लफडा र असुली नै थियाे । तर, पछि यसलाई पनि राजनीतिकरण गरिएको हाे ।

अहिले घाइतेको उपचार हुँदै छ अभियाेग लागेकालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।  उपचारमा रहेका सन्चाे भए याे घटनाले सहजता पाउला यदि उपचार बिग्रेको अबस्थामा बिनाैना घटना पहिलेकै रिगलकाण्डमा परिणत नहाेला भन्न सकिदैन ।

राजनीतिक आडमा प्रसय दिने र गुण्डागर्दिलाई संरक्षण गर्ने काम दलबाटै हुन थालेपछि यस्ता घटनाले नागरिकलाई आतङ्कित बनाउने गरेका छन ।

बिनाैना घटनामा संलग्न भनिएका मध्ये केहीकाे बयानमा सहजै स्विकार्यका छन ।  तर, पुलिस मुचुल्काले धेरै जनाकाे संलग्नता रहेेकाे भनेकाे छ ।

जेहाेस यस्ता घटनामा राजनीति दलले संरक्षण दिनु नै अपराधलाई प्रसय दिनु हाे । यसतर्फ दलका नेताकाे ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय