नेपालगन्ज : विकासे झुटकाे भाैकाल मच्चाउँदै आएका बाँकेका केही प्रदेश र संघका साँसदकाे उधाराे हाेटलखेती यतिबेला छताछुल्ल भैरहेको देखिएको छ ।
पदकाे दुरुपयोग गर्दै शक्ति र पहुँचकाे बलमा बेलतबखत हाेटलमा बसेर खाएकाे, मस्ति गरेकाे बिल लामाे समयसम्म पनि साँसदहरुले भुक्तानी नगर्दा मझाेैला र ठुला हाेटलका मेनेजरहरु तनावमा छन ।
आफू साँसद र मन्त्री भएको फुई लगाउँदै विभिन्न वहाना बनाई हाेटलमा बसेकाे र खाएको बिल भुक्तानी नहुँदा मेनेजर मात्रै नभई हाेटल सन्चालक समेत तनावमा रहँदै आएकाे नेपालगन्जकाे एक हाेटलका मेनेजर बताउँछन् ।
नेपालगन्ज र काेहलपुरका मझौला र ठुला हाेटलमा यहाँका प्रदेशदेखि संघिय साँसद र मन्त्रीले तिर्नपर्ने उधाराे बिलकाे चाङ्ग नै भएको सार्वजनिक भएकाे छ ।
नेपालगन्जकाे भेरी हाेटलदेखि काेहलपुरकाे म्याक्ससम्म प्रदेश तथा संघिय साँसदकाे उधाराे बिल भुक्तानी करिब डेढ दुई बर्षदेखि नभएको यी हाेटलका मेनेजरहरु नै बताउँछन् ।
बिल भुक्तानीका लागि पटक पटक फाेन गर्दा फाेन नउठाउने र कहिलेकाही उठिहाले भाका सार्ने तर भुक्तानी नगर्ने गरेकाे भेरी हाेटलका तत्कालीन मेनेजर कमल खनाल बताउछन् ।
साँसदसङ्ग भुक्तानी माग्दा सम्पर्क हुँदैन साँहुले हामीबाट तलब कटाउँछन समस्या हामीलाई भाछ मेनेजर खनालले भने डेढ बर्षदेखि भाका मात्रै सारेपछि अति भएर सामाजिक सन्जाल प्रयाेग गर्नु परेकाे हाे । साँसद हुँ पावरमा छु भन्दैमा उधारो खाने अनि नतिर्ने गर्न मिल्छ र ? उनले प्रतिप्रश्न गरेका छन ।
बाहिर ठुला कुरा गर्ने तर भित्र खाेक्रो भैरहेका यहाँका कतिपय साँसदले हाेटलकाे उधारो मात्रै नभई घरभाडामा बसेकाे भाडा समेत बषाैदेखि नतिरेपछि नेपालगन्जका केही घरभेटि समेत तनावमा छन । घरभेटिले भाडा माग्दा उल्टै धम्की खेप्नुपरेको छ ।
हाेटलका मेनेजर र उधाराे पचाउँन खाेज्ने साँसदबिचकाे च्याटिङ्ग र कुराकानी सुरक्षित छ । यदि यी ठगकाे रुप देखाउने साँसदले तत्काल सारेकाे भाकामा बिल भुक्तानी नगरे फाेटाे सहित बिल र नामावली सार्वजिक गर्ने हाेटल मेनेजरहरु बताउँछन् । कतिपय साँसदले दशैसम्म र केहीले दशैपछि भुक्तानी गर्ने आश्वासन दिएका छन ।






