नेपालगन्ज : आफुले भने अनुसारको नभएपछि काेहलपुरका मेयर पुर्ण आचार्यले बाँकेका सिडिओ खगेन्द्र रिजाललाई अनावश्यक आराेप लगाएकाे खुलेकाे छ ।
मेयरकाे स्टार्टसपछि प्रतिक्रीया दिदै सिडिओ रिजालले मेयरकाे इच्छा अनुसार नहुँदा बदनाम गर्ने उद्देश्यले यस्ताे स्टार्टस लेखेकाे खुलाएका छन ।
कोहलपुर नगरपालिकाका मेयर पुर्णप्रसाद आचार्यले आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गरेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रमाण ल्याएर आरोप पुष्टि गर्न चुनाैती दिएका छन ।
गृहमन्त्रालयमा सरुवा भएका सीडीओ रिजाललाई नैतिकरूपमा भ्रष्ट भएको र समाजलाई चौपट पार्न खोजेको गम्भीर आरोप लगाउँदै उन्ले status लेखेका थिए ।
रिजालमाथि एसईईको परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग सौदावाजी गरेको मेयर आचार्यको आरोप छ






