ट्रेण्डिङ

नेपालगन्ज :  मोटरबाटो भेट्न कसैले पनि घण्टाभन्दा बढी हिँड्न नपरोस्। नेपाल सरकार, मन्त्रिपरिषद्बाटै भएको निर्णय हो यो। विडम्बना, निर्णय निर्णयमै सीमित छ।

सत्तामा हुँदा र बाहिरिएपछि नेताका रूप फरक देखिन्छन्। राजनीतिक इच्छाशक्तिको अभावका कारण यस्ता दर्जनौं होइन, हजारौं योजना/आयोजना  सरकारसँग होलान्, जुन निर्णय गरिएका छन् तर कार्यान्वयनमा आएका छैनन्।

आइहाले पनि कछुवा गतिमा छन्। यस्तैमध्येको एउटा गतिलो उदाहरण हो दैलेखकाे बाहिरी चक्रपथ।

कर्णाली प्रदेश सरकारकाे लगानीमा निर्माण गर्न लागिएको  दैलेख सदरमुकाम पुर्वकाे चक्रपथ खासै अर्थमुलक देखिदैन ।

तर, सडक पुर्वाधार बन्नु नकारात्मक चाहिँ हाेइन यद्यपि यस्ताे सडक बनाउदा केही  मापदण्ड तय गरिएका हुन्छन यस्ता मापदण्ड यहाँ पालना भएको देखिदैन ।

चक्रपथ कहिले पनि नागवेली हुँदैन  र याे पहाड तथा हिमालका लागि आबश्यक पनि हाेइन । तर, दैलेखमा निर्माण गर्न लागिएको चक्रपथ त्यहाँक  नागरिकका लागि उपयुक्त देखिदैन ।

यसकाे साटाे एक गाउँ देखि अर्को गाउँ अर्थात मुख्य सडक जाेडने सडक पुर्वाधार निर्माण गर्नु नाकम लागि  फलदायीक हाे ।

ठालुडाडाकाे झुपरेसालदेखि बागखाेर- गहतारी हुदै किमुमाउ भएर नयाँगाउँ – विजाैरादेखि माथि खुर्सानीवारि जाेडिएकाे  सडक चक्रपथकाे मापदण्डमा आधारित छैन ।

खुर्सानीवारीदेखि  महावु सडकखण्डकाे कालिमाटी भएर  पन्चदेवलबाट  गणेशचाेक जाेडनुलाई चक्रपथ मान्नु चक्रपथकाे मापद र मर्म विपरीत हुने जानकारहरु बताउँछन् ।

यसले चक्रपथ आसपासका खेतीयोग्य जमिन नष्ट मात्रै नभई बिजाैरादेखि बिलासपुर मन्दिर तलबाट खुर्सानीवारि क्षेत्रमा पानीकाे श्रोत समेत सुकाएकाे देखिएको छ ।

ठेकेदारकाे चरम लापरवाही  र ढिलासुस्तीले  ५/६ बर्ष यता उक्त चक्रपथ अलपत्र देखिएकाे छ । जसले सरकारकाे करोडौं लगानी खेर गएको छ ।  यसतर्फ स्थानीय जनप्रतिनिधिकाे ध्यान जान जरुरी देखिन्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय