ट्रेण्डिङ

नेपालगन्ज : लुम्बिनीमा ६ सय ४४ जना नागरिकमा डेंंगु देखिएको छ । यहाँका लुम्बिनी, भेरी, राप्ती लगायतका अस्पतालमा अहिले डेंगुका विरामि उपचारमा छन ।

पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४ सय ८६ जनामा डेंगु पुष्टि भएको छ । सो सङ्क्रमितमध्ये ६ जनाकाे मृत्यु भएको छ ।

मृत्यु भएकाहरू डेंगुमात्रै नभई अन्य रोग पनि रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय दाबी गर्दै आएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर फैलिएको सङ्क्रमित सङ्ख्यामध्ये ४ हजार ५ सय ३९ जना सङ्क्रमित गण्डकीमा रहेका छन् ।

बागमतीका २ हजार ४ सय ५३ जना, कोशीका १ हजार २७ जना सङ्क्रमित छन् । मधेशमा १ सय ८० जना, कर्णालीका १ सय ३९ जना र सुदूरपश्चिममा ५ सय ४ जनामा डेंगु फैलिएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने  भेरी अस्पतालका  चिकित्सक बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय