ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहा नगरपालिकाकाे चरम लापरवाहीका कारण ५ दिनदेखि उपमहानगर विजुलिविहिन छ । जसका कारण कार्यालयकाे दैनिक कामकाज समेत प्रभावित बनिरहेको कर्मचारी बताउँछन् ।

उपमहानगरपालिकामा लाइन जडान गरिएको ट्रास्मिटरमा फ्युज जाँदा बिजुलि प्रवाहमा समस्या देखिएको छ । तर, उक्त फ्युज र ट्रास्मिटर मर्मतमा उपमहानगरपालिका उदासीन छ ।

उपमहा नगरपालिकाका मेयर प्रशान्त विष्टदेखि हाकिम ओमबहादुर खड्का लगायतकाे लापरवाही, उदासीनताले पाँच दिनदेखि उपमहानगरपालिकामा आबश्यकता अनुसारको बत्ति अभाव छ । बत्ती नहँदा यहाँका करिब दशवटा शाखा र कार्यालय प्रभावति भएको छ ।

नेपाल बिधुत प्रााधिकरणले फ्युज भएको ट्रास्मिटर मर्मतका लागि पालिकासंग छलफल गर्दा पालिकाले उक्त काम  आफ्ना प्रााविधिकद्वारा नै गर्ने भनेपछि आफुहरुले केही गर्न सकेकाे प्रााधिकरणका एक अधिकारी बताउँछन् । तर, पालिकाले भने पाँचदिनदेखि उक्त फ्युज भएको ट्रास्मिटर मर्मत गर्न चासाे देखाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय