नेपालगन्ज : बैजनाथ गाउँपालिमा निमार्णधिन १५ शैयाकाे अस्पताल दुई बर्षदेखि अलपत्र देखिएको छ । बैजनाथ नेकपा एमालेका उपाध्यक्ष समेत रहेका लुम्बिनी प्रदेश साँँसद रत्न खत्रीकाे निर्वाचन क्षेत्र हाे ।
साँसद खत्रीदेेखि स्थानीय पालिकाकाे उदासीनता र निर्माण कम्पनीकाे ढिलासुस्तीले उक्त पुर्वाधार निर्माण अलपत्र देखिएको हाे ।
सामाजिक सन्जाल फेसबुकमा के, के गरे भनेर फुटाे हालेर वायत भाैकाल मच्चाउन सुर्य ढकाल जस्तै माहिर देखिन थालेका साँसद खत्रीकाे निर्वाचन क्षेत्रमा हेर्दा विकास र समृद्धि भने शुन्यप्राय देखिएको स्थानीय बताउँछन् ।
बैजनाथमा साँसद खत्रीकाे पहलमा अहिलेसम्म देखिने गरि एउटा पनि याेजना सफल हुन सकेका छैनन् एक स्थानीयले भने उनले ल्याएका भनिएका याेजना सबै अलपत्र , वेवारिसे र अपुर्ण छन ।
युवा भएकोले केही गर्लान भन्ने थियाे सुर्य ढकाल जस्तै खत्री पनि भाैकादवादि रहिछन बैजनाथका एक जनप्रतिनिधि भन्छन खत्रीले कामअभन्दा धेरै गफमा र वायत चर्चा बटुल्नमा समय विताएका छन ।
प्रदेश निर्वाचनकाे करिव दुई बर्षमा मन्त्री समेत भैसकेका खत्रीले आफ्नै निर्वाचन क्षेत्रका पुर्वाधार निर्माण देखि विकास समृद्धिमा चासाे देखाएका छैनन उनले भने यस्ता नेताबाट स्थानीय नागरिक र जिल्लाले अरु के अपेक्षा गर्ने ?






