नेपालगन्ज : छठपछि राप्रपाले देशव्यापी आन्दोलन गर्ने भएको छ । जुुन आन्दोलनलाई राप्रपाले जनआन्दोलन ३ भनेकाे छ ।
यसका लागि संघिय राजधानीमा प्रशिक्षण चल्नुका साथै देशभरका नेता, कार्यकर्ता र युवालाई शसक्त तयारीमा रहन पार्टीले निर्देशन समेत दिएको छ ।
देश बर्वादितर्फ गएकोले देशकाे स्वामिमान बचाउन र नागरिकलाई सचेत बनाउँदै हिन्दु राष्ट कायम गर्न राप्रपाले छठपछि देशव्यापी आन्दोलन गर्ने भएको राप्रपाका महामन्त्री डाक्टर धवलशम्सेर राणा बताउँछन् ।
महामन्त्री राणाले छठपछिकाे याे आन्दोलनलाई जनआन्दोलन ३ काे संज्ञा दिएकम छन । देशमा सुशासन कायम गर्न, भ्रष्टाचार राेक्न, आपराध न्युनिकरण गर्न, देशकाे समग्र समृद्धिका लागि जनआन्दोलन ३ काे घाेषणा गरिएको राणाले सिद्धपाइला अनलाइनसँगकाे कुराकानीमा बताएका छन ।
राप्रपामा भाबि अध्यक्षकाे रूपमा हेरिएका राणाकाे अगुवाइमा छठपछि जनआन्दोलन ३ हुने र यसका लागि तयार हुन पार्टीले कार्यकर्ता तहमा अपिल गरेकाे छ ।






