ट्रेण्डिङ

नेपालगन्ज : एमालेमा यतिबेला शक्ति सन्चयकाे हाेडबाजि चलेकाे देखिएको छ । आगामी केन्द्रीय नेतृत्वका  लागि नेताहरु बिच अहिले देखि नै शक्ति सन्चयकाे हाेडबाजि चलेकाे हाे ।

नेतृत्वमा केपी शर्मा ओलिले आफ्नाे पकेट बलियाे बनाउँदै फेरि एक पटक पार्टी अध्यक्ष हुने याेजना बनाएकाे देखिन्छ । तर, याे अहिले उनका लागि फलामकाे चिउँरा सावित हुनेछ । किनकि एमालेमा यतिबेला पुर्वराष्टपति बिद्यादेवि भण्डारी ओलि भन्दा शक्तिशाली देखिएकि छन ।

आगामी महाधिवेशनमा केपी भर्सेस बिद्या हुने सम्भवना देखिएकाे छ । अहिले पनि गणितीय हिसाब गर्दा केपी भन्दा बिद्या नै शक्ति केन्द्रमा देखिएकि छन ।

अहिलेकाे स्थायीदेखि केन्द्रीय कमिटी र पदाधिकारीकाे लहठ हेर्दा पनि बिद्या शक्तिशाली देखिएकि हुन । बहुमत केन्द्रीय नेता आगामी महाधिवेशनमा बिद्यालाई अध्यक्ष बनाउन पर्ने आन्तरिक अभियानमा लागेका छन । तर, केपी ओलिकाे डरले कसैले मुख भने खुलेर भन्न नसकेको अबस्था यथार्थ हाे ।

यदि बिद्याले एमालेकाे नेतृत्व सम्हाले विभाजित समाजवादी पनि एमालेमा समाहित हुने र अघि बढ्ने सम्भावना देखिएकाे छ । झलकनाथ र माधव पनि बिद्यालाई कमान्डर स्विकार्न सक्छन तर केपीलाई भने अब शक्तिमा रहेकाे देख्न सक्ने अबस्थामा छैनन ।

एमालेमा युवा भनिएका र विगतमा १० भाईकाे ट्याग लगाइएका पनि केपी भन्दा बिद्यालाई आगामी नेतृत्वमा अघि सार्न आन्तरिक लविङगमा रहेकाे सत्य झै बनिसकेको छ ।

आगामी महाधिवेशनमा केपी ओेलिले नेतृत्व बिद्यालाई सुम्पिएर पार्टी राजनीतिबाट अलग भई एक पटक राष्टपतिकाे लाइनमा आफ्नाे भुमिका अघि बढाउनु नै बेस हुनेछ । नत्र एमाले जनले महाधिवेशनबाट केपीलाई किनारा लाउने लगभग पक्कापक्कै जस्तै देखिएको छ  । यसैले यसतर्फ ओलि कमरेडले बेलैमा ध्यान दिन र साेहि अनुसार अघि बढ्न जरुरी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय