ट्रेण्डिङ

नेपालगन्ज :  प्रधानमन्त्री तथा  एमालेका अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता खस्किँदै गएको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ । चौथो पटक सरकारको नेतृत्व गरिरहेका ओलीको काम कारबाही उत्साहप्रद नदेखिएको विश्लेषक बताउँछन् ।

त्यसो त ओलीको लोकप्रियताको ग्राफ कुनै मत सर्वेक्षण वा निर्वाचन विधिबाट मापन भइसकेको छैन । उनका कार्यसम्पादन, अभिव्यक्ति र व्यवहारका सम्बन्धमा सामाजिक सञ्जाल, मिडिया, सडकबाट व्यक्त भएका असन्तुष्टि र विरोधका आधारमा विश्लेषकहरू लोकप्रियता घट्दै गएको निष्कर्षमा पुगेका हुन् ।

जनतामा बढ्दो आक्रोश व्यवस्थाविरुद्ध नभइ नेता केन्द्रित भएको विश्लेषकहरूको भनाइ छ । जनतामा बढ्दो असन्तुष्टिलाई सत्तामा बसेका नेताहरूले बेलैमा व्यवस्थापन गर्न नसके बंगलादेश वा श्रीलंकाको स्थिति नेपालमा आउन सक्नेतर्फ उनीहरूले सचेत गराएका छन् ।

असोज ५ गते प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वागतमा न्यूयोर्कस्थित नेपाली समुदायले आयोजना गर्न लागेको कार्यक्रम अन्तिम समयमा स्थगित भएकाे थियाे ।

पछिल्लो समय ओली लक्षित असन्तुष्टि बढ्नुमा उनको विगतका कर्म, व्यवहार र गतिविधि जिम्मेवार रहेको विश्लेषक शम्भु श्रेष्ठ बताउँछन्  ।  उनका अनुसार ओलीको लोकप्रियता घट्नुमा उहाँ आफैँ दोषी हो । सामाजिक सञ्जालमा लेखेकै कारण वा सार्वजनिक मञ्चमा विरोध गरेकै कारण पक्राउ गर्नु उचित होइन ।

नेतृत्वमा देखिएको असहिष्णुताले जनआक्रोश अझै  बढ्ने  निश्चित छ  । ओली नाकाबन्दीविरुद्ध उभिएकाले स्थापित भए पनि त्यसअनुसार कार्यसम्पादन गर्न नसक्दा  विस्तारै लोकप्रियता घट्दै गएको देखिएकाे छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय