नेपालगन्ज : पश्चिम नेपालकाे हस्पिटल हब बाँकेकाे नेपालगन्जमा रहेकाे तीन प्रदेशकाे प्राादेशिक केन्द्रीय अस्पताल भेरीलाई मृगौला प्रत्याराेपण केन्द्रका रूपमा स्तरउन्ति गर्नुपर्ने देखिएको छ ।
पुर्वाधार र प्रााविधिक स्वास्थ अबस्थाले पुुर्ण रहेकाे यस अस्पताललाई मृगौला प्रत्याराेपण केन्द्रका रूपमा स्तरबृद्दि गरे पश्चिम नेपालका तीन प्रदेशका ३१ जिल्लाका विरामिले सहज उपचार र अप्रेेेशन सेवा पाउने छन ।
अहिले यहाँका विरामि मृगौला प्रत्याराेपण त परै जाओेस यसका लागि सामान्य चेकजाँच गराउन समेत काठमाडौं धाउन बाध्य छन ।
भेरीमा प्रत्याराेपणकाे व्यवस्थापन भए यस्ता विरामिले सस्ताेमा सहज चेकजाँच पाउने र मृगौला प्रत्याराेपण गर्नेकाे संख्या पनि बढने देखिएको छ ।
प्रत्याराेपणका लागि सबै व्यवस्था मिलेपनि सामान्य चेकजाँचमा काठमाडौ नै जानू पर्ने हुँदा विरामिकाे लाखौं खर्च हुने र लामाे समय भाडामा बस्दा झनै आर्थिक चाप बढने गरेकाे विरामिका आफन्त बताउँछन् ।
भेरीमा अहिले डायलासिस गराउँदै आएका रवि श्रेष्ठ नयन सुनार, राम थारु लगायत करिब दुई दर्जन विरामि र उनका आफन्त मृगौला प्रत्याराेपणका लागि अस्पताल प्रमुख र विकास समितिले तत्काल पहल गर्नुपर्ने बताउँछन् ।
अस्पताल सुविधा सम्पन्न छ, उपकरण र औजार छन नभएका मन्त्रालयसँग माग गर्न सकिन्छ विकास समितिकाे पहलमा प्रत्याराेपणका लागि दक्ष टिम काठमाडौबााट बाेलाएर भए पनि भेरीमा प्रत्याराेपण शुरु गर्न जरुरी रहेकाे छ ।
सुर्खेत अस्पतालमा यसअघि नै प्रत्याराेपण गर्ने काम भैसकेको छ भेरीमा किन हुँदैन एक विरामिका आफन्तले भने अस्पताल प्रमुख र समितिले पहल गरे हुन्छ । अहिले भेरीमा दैनिक २० जनाले डायलासिस गरिरहेका छन भने करिब सयकाे हाराहारीमा विरामि पाइप लाइन पालाे कुरिरहेकाे चिकित्सक बताउँछन् ।
कतिपय विरामि प्रत्याराेपणकाे याेजना रहेपनि काठमाडौ धाउन पर्ने र आर्थिक भार बढि हुने देखिएपनि भेरीमा प्रत्याराेपणकाे पर्खाइमा छन । यसतर्फ अस्पताल प्रमुख र विकास समिति पदाधिकारीकाे ध्यान जान जरुरी देखिएको छ ।






