नेपालगन्ज : निर्वाचन क्षेत्र नम्बर एकका संयाेजक सुर्य ढकाल, पार्टी अध्यक्ष निरक गुरुङ र उपाध्यक्ष रत्न खत्री (सुनिर) काे खुराफातसँगै गुटगत गतिविधिले बाँके एमालेकाे भाैगाेलिक सँगठनात्मक संरचना धवस्त हुँदै गएको देखिएको छ ।
पार्टीमा संगठित सदस्य संख्या बढाउने तर्फ त परै जाओस भएका सदस्यलाई समेत अनावश्यक स्पष्टीकरण साेध्ने, कारवाहि गर्ने लगायतका धम्की दिँदै उनिहरु संगठानात्मक संरचना ध्वस्त बनाउँन लागिपरेका छन ।
नरैनापुरमा वडा र पालिका कमिटीकै सदस्य र पदाधिकारीलाई बाइपास गरि सुर्य ढकालले आफू फेबरका व्यक्तिलाई बैठकमा राखेर भेला गरिएको भन्दै वायत भाैकाल मच्चाएकाे नरैनापुरका युवा नेता साेहनलाल यादव बताउँछन् ।
उनका अनुसार केही दिन अघि भएको भनिएकाे नरैनापुरका विभिन्न वडाकाे बैठक ढकालकाे मनाेमानिमा भएको हाे । जहाँवडा कमिटीका पदाधिकारीलाई समेत नबाेलाएकाे खुलेकाे छ ।
डुडुवा गाउँपालिमा भएको भनिएकाे बैठक ढकाल, निरक गुरुङ लगायतका पालिका र जिल्लाका केही पदाधिकारीकाे सेटिङ्ग गरिएको पत्ता लागेकाे छ ।
सुर्य ढकालकाे इशरामा चलिरहृेका अध्यक्ष गुरुङकाे निर्देशनमा डुडुवामा पदाधिकारीलाई नै खबर नगरि कसरी पालिकाकाे बैठक भयाे डुडुवा पालिकाका पदाधिकारी नै अचम्मित छन ।
यतिसम्म कि पालिकाकाे बैठकमा पालिकाकाे सचिव लगायतका पदाधिकारीलाई समेत जानकारी छैन । पालिकाकाे बैठकमा मलाई नै खबर छैन जब कि बैठककाे खबर गर्ने मैले हाे कसरी पालिकाकाे बैठक भयाे सचिव महेश कुर्मी उल्टै प्रश्न गर्छन ।
बैजनाथमा पनि उपाध्यक्ष खत्रीकाे विभेद र खुराफातले युवादेखि जेष्ठ सदस्यसम्म हैरान भैसकेका छन । मनाेमानि ढंगले अघि बढने अनि आफुले भनेकाेे नमान्दा स्पष्टीकरण र कारवाहिकाे धम्की दिने अहिले गुरुङ नेतृत्वको बाँके एमालेकाे नियत बनेकाे छ । जसले संगठित सदस्य आक्रोशित छन । संगठनात्मक संरचना तहसनहस हुँदैैछ।
पछिल्लो समय एमाले बाँकैकाे नेतृत्व पटक पटक असफल भैसकेकाे छ । आफैले गरेकाे निर्णय कार्यान्वयन गर्न नसेपछि आलाेचित बनेका अध्यक्ष गुरुङ , उपाध्यक्ष खत्री, सचिव बलराम भट्टराई र उपसचिव किशाेर थापा अहिले संगठित र जिल्ला कमिटी सदस्यबाटै कसिङ्गर जस्तै बनिरहेका छन ।
आफैले पृथ्वी थामे जस्तै गर्ने सुर्य ढकाल अहिले विजनेश विहिन हुँदा पालिका तहका पदाधिकारी, संगठित सदस्यलाई विना कारण स्पष्टीकरण साेध्न र कारवाहिकाे धम्की दिन अध्यक्ष गुरुङलाई निर्देशन दिँदै पार्टीमा भाडभैलाे मच्चाउदै छन ।
यसतर्फ पार्टी महासचिव शकर पाेखरेल, अध्यक्ष केपि शर्मा ओलि लगायतकाे ध्यान जान जरुरी देखिएको छ । विकास निर्माण, पार्टी सुधार, सुशासन कायममा ध्यान छैन ढकाल, गुरुङ, खत्री लगायत पदाधिकारी नै खुराफात र गुटगत भाैकालमा व्यस्त देखिएका छन ।






