नेपालगन्ज : बाँकेकाे नेपालगन्जस्थित सुर्खेतराेडमा ट्राफिक लाइट जडान मात्रै गरिएकाे छैन सडकमा जेब्राक्रसिङ्ग समेत रेखाङ्कन गरिएको छ ।
तर, सवारी चालकले ट्राफिक लाइटकाे प्रयाेगका निहुँमा जेब्राक्रसिङ्गकाे उल्लघन गरिरहेका छन ।
लाइटकाे नियम पालना गर्ने बहानामा सर्वसाधारण हिडने जेब्राक्रसिङ्गमै सवारीसाधन राेक्ने गरिएको छ ।
यसले बाटाे क्रस गर्ने पैदल यात्रु समस्यामा पर्ने गरेका छन । तर, नजिकै उभिएका ट्राफिक पुलिस भने नागरिकले गुनासाे गर्दा पनि चुपचाप देखिएका छन ।
सवारी चालकलाई लाइटकाे मात्रै नभई जेब्राक्रसिङ्गकाे महत्व र आबश्यकता वारे सचेतना जगाउन जरुरी देखिएकाे छ । यसतर्फ नेपालगन्ज ट्राफिककाे तत्काल ध्यान जाओेस ।






