ट्रेण्डिङ

नेपालगन्ज : बाँके मालपोतमा ढड्डादेखि सिफारिस र हस्ताक्षर समेतमा नक्कली काम हुँदै आएको देखिएको छ । जग्गाकाे ढड्डा समेत नक्कली तयार गरेर काराेवार हुँदै आएको खुलेकाे छ ।

बाँकेकाे कम्दी लगायतका क्षेत्रका केही जग्गाकाे मालपाेत ढड्डादेखि बैकिङ्ग काराेवारका लागि मालपाेतकाे सिफारिस समेत नक्कली गरेकाे खुलेकाे छ ।

याे काममा जग्गा काराेवारीदेखि कर्मचारीकाे समेत मिलेमतो भएको देखिएको छ । अहिले केही व्यक्ति थुनामा समेत छन । जसमा बाँके साँसददेखि पुर्वमन्त्रीका आफन्त परेकाे देखिएको छ ।

मालपोतमा जग्गा रजिष्टेसन, नामसारी, जग्गापास लगायतमा सेटिङ्ग हुने प्रचदन रहेका बेला ढड्डा नै नक्कली बनाउन विचाैलिया सक्रिय भएका छन ।

तर, कार्यालयमै यस्ताे हर्कत हुँदासमेत मालपाेत कर्मचारी उदासीन देखिएका छन ।

कर्मचारी समेत आर्थिक लाभ उठाउँदै मापदण्ड, नीति विपरीत नक्कली काम गर्न थालेकाे मालपाेतकै लेखपढी व्यवसायी नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय