ट्रेण्डिङ

नेपालगन्ज : बाँकेमा हात्तीपाइलेकाे औषधी स्वास्थ्यकर्मी र चिकित्सकले नै नखाने गरेकाे भेटिएको छ । यीनीहरुकै लापरबाहीका कारण बाँकेमा याे अभियान असफल हुने गरेकाे छ । लगानी  खेर गएको छ उपलब्धि शून्य देखिन्छ ।

नागरिकले सचेतनाकाे अभावमा र स्वास्थ्यकर्मी तथा चिकित्सकले उदासीनता र लापरबाही उक्त  औषधी नखाने गरेकाे स्वास्थकाे एक सरकाारी प्रतिवेदनले देखाएको छ ।

बाँकेमा अहिले पनि नेपालगन्जमा १८ प्रतिशत नागरिकले एक पटक पनि याे औषधी खाएका छैनन् । जसले उपमहानगरपालिका नै हात्तीपाइलालेकाे जाेेखिममा छ ।

डुडुवा र नरैनापुर पनि उत्तिकै जाेखिममा रहेकाे तथ्यांकले देखाएको छ । जसका कारण बाँकेमा हात्तीपाइले राेगकाे निवारण हुन नसकेकाे स्वास्थ कार्यालयका प्रमुख अंगतबहादुर शाही बताउँछन् । यद्यपि बाँकेमा कति यस्ता राेगका विरामी छन यसकाे एकिा तथ्यांक भने कसैसँग देखिदैन ।

जिल्लाभरको अबस्थालाई विश्लेषण गर्दा बाँकेमा अझै पनि ४ दशमलव १ प्रतिशतमा हात्तीपाइलेको संक्रमण देखिएको छ ।

जोखिममा रहेका समुदायका मानिसहरुको स्वास्थ्य परीक्षण गर्दा १ प्रतिशत भन्दा कममा संक्रमण देखियो भने हात्तीपाइले रोग नियन्त्रणमा आएको मानिन्छ ।

संक्रमणको दर १ प्रतिशतमा नझर्दासम्म निरन्तर औषधि खुवाउनुपर्ने नेपालगन्ज उपमहानगरपालिका स्वास्थ शाखा प्रमुख रामबहादुर चन्द बताउँछन् ।

अहिले पनि बाँकेमा ५ लाख ६८ हजार मानिसलाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउनका लागि जिल्लाभरका ५ सयबढी   स्वास्थ्यकर्मी तथा ७ सयबढी  महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिदै आइएकाे छ ।

तर, अभियान सफल वा लक्ष्यमा पुग्न सकेकाे छैन । यद्यपि यसमा राज्यकाे लाखौं लगानी खेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय