ट्रेण्डिङ

दशगजा ( बाँके )  :  नेपाल–भारतको सिमानामा बाँध जस्तो सडक बनाएको भारतले दशगजा क्षेत्र ओगटेर काँडेतार लगाएको छ। नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरी भारतले दश गजा क्षेत्रमा पर्ने गरी काँडेतार लगाएको हो।

बाँकेस्थित जमुनाह नाकादेखि पूर्वी क्षेत्रमा पर्ने दशगजामा यस अघि निर्माण गरिएको सडकको दायाँबायाँ काँडेतार लगाइएको छ। काँडेतार लगाउँदा भारतले नेपाली सुरक्षा अधिकारीसँग कुनै समन्वय नगरेको बाँकेका सुरक्षा अधिकारीहरूले जनाएका छन्।दश र गजा दुई शब्द मिलेर दशगजा शब्द निर्माण भएको हो। दश भनेको हामीले प्रयोग गर्ने दश अंक हो भने गजा भनेको क्षेत्रफल नापिने एक इकाई हो। एक गजामा तीन मिटर हुन्छ।दशगजा भनेको तीस मिटर हो। यसकै आधार बनाएर दुई देशबीचको सीमा क्षेत्रमा दशगजा छुट्याइएको हुन्छ। जुन दशगजा दुवै देशको साझा जमिन हो। यो जमिन दुवै देशले आफूखुसी प्रयोग गर्न पाउँदैनन्।

दशगजाभित्र के गर्न पाइने के गर्न नपाइने भन्ने राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा द्विदेशीय कानुन हुन्छन्। सोही आधारमा मापदण्ड तयार पारिएको हुन्छ। जुन दुवै देशले पालना गर्नुपर्ने हुन्छ।

तर, भारतले दशगजा क्षेत्रको जमिन छुने गरी काँडेतार निर्माण गरेको छ। बाँध जस्तो निर्माण गरिएको सडक छेउछाउमा बिरुवा लगाएको छ। सोही बिरुवालाई गाईबस्तुबाट जोगाउन काँडेतार लगाइएको हुन सक्ने स्थानीयले बताएका छन्। जुनसुकै उद्देश्य भए पनि, उक्त काँडेतार दशगजा क्षेत्र पनि ओगटिएको छ।

नेपालतर्फ पर्ने दुईवटा काँडेतारमध्ये पहिलो काँडेतार सीमा क्षेत्रमा गाडिएको पिल्लरमध्ये करिब सात/आठ मिटरसम्म गाडिएको छ। दोस्रो १२ देखि १४ मिटरसम्ममा छ भने सडकको अर्को पट्टि अर्थात् भारततर्फ पनि काँडेतार लगाइएको छ।

जहाँ दशगजामा पर्ने तीस मिटर जमिनमा दुवै देशले केही गर्न पाउँदैनन्। सीमा क्षेत्र अनुगमन गर्दा उक्त काँडेतार सडक छेउमा लगाइएका बोटबिरुवाको रेखदेखकै लागि लगाइएको जस्तो देखिए पनि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ्ग लगायत सुरक्षा संयन्त्रले भने यस बिषयमा स्थलगत हेरफेर समेत गर्न सकेकाे छैन ।

तर, उता भारतीय पुलिसले चोरीसिकारी र तस्करी रोक्न भारतले आफ्नो भूभागमा काँडेतार लगाएको दाबी गरेका छन। तर, यसरी तारबार गर्दा   भारतले  नेपालकाे सुरक्षा निकायसँ कुनै समन्वय गरेको छैन ।

यद्यपि स्थानीयका अनुसार भारतले दशगजा यता नैतारबार गरेकाे छ । जसकाे नेपालगन्ज स्थित सराेकारवालाले सामान्य अनुगमन र अवलाेकन समेत नगरेकाे स्था जमुनाहबासी बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय