ट्रेण्डिङ

नेपालगन्ज : बाँकेका  आठवटै स्थानीय  पालिका सरकारकाे कार्ष सम्पाखन मुल्यांकनमा कमजाेर तथा असफल देखिएका छन ।

जताततै  राजनीति  गर्ने, वायत भाैकल मच्चाउने तर उपलब्धि मुलक काम गर्न चासाे नदेखाउने, कमिसनमा सक्रिय हुने लगायतका जनप्रतिनिधिदेखि कर्मचारीसम्मका नालायक गतिविधिका कारण यहाँका  पालिका असक्षम, असफल र कमजाेर देखिएका हुन । तर याे यहाँका जनप्रतिनिधि स्वीकार्न तयार छैनन ।

सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय  सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ ।

आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार सबैजसो स्थानीय  तहको नतिजा औसत देखिएको छ ।

आयोगको मूल्यांकन रिर्पोट अनुसार अधिकांश स्थानीय सरकारबाट तथ्यांक उपलब्ध हुनै मुस्किल देखिएको छ । जसले गर्दा ती तहहरुको कार्य सम्पादन मूल्यांकनमै असर परेको छ  ।

स्थानीय तहको प्रयोजनका लागि भने १७ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको हो । संघीय सरकारले विना शर्त स्थानीय तहमा पठाउने अनुदान नै वित्तीय समानीकरण अनुदान हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय