नेपालगन्ज : मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाहकाे प्रवक्तामा आलम खानले जिम्मेवारी पाएका छन ।
संचालक समितिकाे शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै खानलाई प्रवक्ताकाे जिम्मेवारी दिएको हाे ।
दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि सिडिओ अफिसद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न सिडिओसँग अनुरोध गर्ने र पाँच महिना देखि तलब नपाएका कर्मचारीलाई १० दिन भित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारी बताउँछन् ।
बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली इद्रिसि र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता संचालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ ।
निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ । कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समिति बताउँछ ।






