नेपालगन्ज : बाँकेमा विभिन्न जिल्लाका समाज गठन भएका छन । समाजसेवाकाे उद्देश्यले गठित यी समाज अहिले व्यक्तिगत स्वार्थ र राजनीति दाउपेचमा सक्रिय देखिएका छन ।
जसकाे पछिल्लो उदाहरण सल्यानी समाजलाई लिन सकिन्छ । भेरी अस्पतालमा सल्यान त्रिवेणी दारिम जिउलाका सुबास विष्ट विरामी भई विगत एक महिनादेखि अलपत्र परेका छन ।
यस्ताे अबस्थामा पटक/ पटक सहयाेगका लागि अपिल गर्दा दशरथ चन्द अध्यक्ष रहेकाे सल्यानी समाज उदासीन देखिएकाे छ ।
नेपालगन्जका युवा सुरेन्द्र दीप कार्कीले अहिले ती विरामीकाे रेखदेख गरिहेका छन । तर, समाजका कुनै पनि पदाधिकारी अहिलेसम्म अस्पताल पुग्न सकेका छैना ।
समाजकाे उद्देश्य यस्तै वेला जिल्लाबासीलाई सहयाेग गर्नु हाे तर सल्यानी समाजले उद्देश्य अनुसार काममा चासाे नदिने गरेकाे देखिएको कार्की बताउँछन् ।
समाजका अध्यक्षलाई कर्णाली पत्रकार समाजका अध्यक्ष कमल न्याैपानेले समेत पटक/ पटक फाेन गरेर अस्पताल आइदिन अनुराेध गर्दा पनि समाजका अध्यक्ष चन्द लगायत पदाधिकारीले याे समाचार तयार पार्दासम्म अस्पताल पुगि विरामीकाे अबस्था समेत बुझ्न चासाे देखाएका छैनन् ।






