ट्रेण्डिङ

नेपालगन्ज : तत्कालीन नेपालगन्ज मेडिकल कलेजमा भएको आन्दोलनका नाममा कर्मचारीबाट करिब ८ लाख जती रकम असुलेकाे खुल्न आएकाे छ ।

आन्दोलनका क्रममा खर्च हुने भन्दै आन्दाेलन हाकिरहेका नेता कर्मचारीले अन्य कर्मचारीबाट प्रतिव्यक्ति एक हजारका दरले करिव अनुमानित  ८ लाख जति रकम उठाएको खुलेकाे हाे ।

नेपालगन्ज मेडिकल कलेज, काेहलपुर र चिसापानीमा कार्यरत सबै कर्मचारीबाट रकम असुली गरेकाे नेपालगन्ज मेडिकल कलेज काेहलपुरका कर्मचारी बताउँछन् ।

आन्दोलनका निहुँमा रकम असुली गरियाे तर ढक्त रकम कहाँ, कसरी खर्च भयाे र यसकाे उपलब्धि के भयाे भन्ने वारे कसैलाई थाहा छैन एक कर्मचारीले भने ” हामीबाट रकम लिएर  आन्दोलनकाे नेतृत्व गरेकाले खर्च गरे तर आन्दोलनकाे उपलब्धि  देखिएन ।”

उनका अनुसार आन्दोलन अर्थहीन भएकोले अब सबै कर्मचारीकाे रकम फिर्ता हुनपर्छ । उनले भने “नत्र अब हामी नै आन्दोलनकाे नेतृत्व गरेकाहरुकाे बिरुद्ध आन्दाेलन गर्छाैं । ”

तत्कालीन नेपालगन्ज मेडिकल कलेजकाे आन्दोलन निहीत व्यक्तिकाे स्वार्थमा भएको  स्पष्ट देखिएका छ कलेजका कर्मचारीका अनुसार  आन्दोलन हाँकेका दाबी गर्ने केही नेता कर्मचारी अहिले आफ्नाे स्वार्थ पूरा भए पछि चुवचाप छन ।

केही  दिनभर आन्दोलनकारी हुँ भन्ने र साँझपरेपछि व्यवस्थापनकाे चाकडी, चाप्लुसीमा रहने गरेकाे देखिएकाे छ ।

कतिप आन्दोलनका कमाण्डर त आन्दोलन गर्नु गल्ती भयाे भन्दै माफी माग्दै जागिर बचाइदिन अहिले घुँडामुन्टा टेक्दै हारगुहार गर्न थालेकाे आन्दोलनमै सहभागी कर्मचारी बताउँछन् ।

तत्कालीन नेपालगन्ज मेडिकल कलेज सन्जीवनी कलेज अफ मेडिकल साइन्सले चलाउन थालेपछि  यहाँका ८ जना कर्मचारीलाई नेपालगन्ज मेडिकल कलेज काेहलपुरमा हाजिर हुन परिपत्र समेत गरेकाे भनिएको छ ।

जसमा अहिले चार जना काेहलपुरमा हाजिर भएर निमित काम गर्न थालेका छन । अन्य चार जना भने अझै  अटेर गरि काेहलपुरमा हाजिर भएका छैनन । ताेकिएकाे समयमा शाजिर नभए  उनीहरू सिधै हाजिरबाट बाहिनुकाे बिकल्प नदेखिने अस्पताल प्रशासन बताउँछ ।

आन्दोलनकाे शुरुआतमै सिद्धपाइला अनलाइनले मेडिकल कलेजकाे आन्दाेलन अर्थहीन छ भनेर सत्य र यथार्थ समाचार  बिश्लेषण गरी  लेख्दा  केही  आन्दाेलनका हिमायती कमाण्डरहरुले चर्का कमेन्ट गर्दै  गालीगलाैज समेत गरेका थिए ।

अन्तत : सिद्धपाइलाले गरेकाे विश्लेषण अहिले सत्य र यथार्थ  प्रमाणित भएको छ । आन्दोलन  अर्थहीन बनेर तुइहेकाे देखिन्छ । आन्दोलनकारीकाे निदहराम छ। हिजाे मुर्दावाद भन्ने आज चाकडी, चाप्लुसी र माफी माग्दै  जागिर बचाउन लागिरहेका छन ।

यतिबेला कर्मचारीले नै आन्दोलनलाई साथ नदिएको देखिएको छ । हिजाे आन्दोलनमा गएर दलिय जस लिइ उचाल्नेहरु अहिले मुन्टै देखाउँदैन । बिजाेगकाे याे अबस्थामा केही आन्दोलनरत कर्मचारी बजारमा सहज हिडडुल गर्न मात्रै  हाेइन अनुहार देखाउनै आफै अप्ठ्यारो मानिरहेकाे कर्मचारी नै बताउँछन् ।

नेपालगन्जमा इन्चार्ज भएकोहरु काेहलपुरमा सामान्य कर्मचारीकाे हैसियतमा रहेर काम गर्न  थालेकाे बताइएको छ । यता संन्जीवनीले नयाँ  ८ सय कर्मचारी  भर्ना गरिरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय