ट्रेण्डिङ

नेपालगन्ज : पुरानै ढर्राबाट बाँकेमा हात्तीपाइले खुवाउन थालिएको छ । जसका कारण अहिलेपनि बाँकेमा याे अभियान सफल हुने देखिदैन । अहिले यहाँ १४ पटक हात्तीपाइलेकाे औषधी खुवाउन थालिएको हाे ।

यसअघि स्वास्थ्यकर्मी र चिकित्सककै लापरवाही र उदासीनताले याे अभियान असफद भएको हाे । अहिले पनि उहीँ समस्या देखिएको छ ।

स्वास्थ्यकर्मी लक्षित बर्ग वा समाजमा नजाने हल्लाका भरमा अभियान सफल बनाउन खाेज्ने, शहरमा सेमिनार गर्ने गाउँमा नजाने औषधी खान मुस्लिम, मधेशी लगायत समुदायसँग सचेतनाबृद्दि नगर्ने र आफैले नखाने प्रवृतिले अहिले पनि याे अभियान बाँकेमा सफल हुने सम्भावना कम छ ।

यसलाई सफल बनाउने हाे भने शहर शाेइन गाउँमुखी सचेतिकरण र स्वास्थ्यकर्मी र चिकित्सक नै गम्भीर हुन जरुरी देखिएछ ।

सरकारले हात्तीपाइलेमा बर्सेनि लाखौं खर्च गरिरहेकाे छ तर स्वास्थ्यकर्मी र चिकित्सककै लापरवाहीले याे लगानी वालुवामा पानी झै देखिएको छ ।

अभियानका नाममा आफुले खाने फाेटाे खिच्ने र फेसबुकमा हाल्ने तर गाउँ, टाेलमा पुगेर नागरिकलाई सचेत बनाउँदै औषधी खान उत्प्रेरित गर्नेतर्फ कसैकाे ध्यान जान सकेकाे छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय