ट्रेण्डिङ

नेपालगन्ज : बाँके एमले ” सुनिर समसह” ले “अर्थ न पर्थ गाेभिन्द गाई” भने झै ” जरा” अभियान गर्ने भनेकाे छ । जुन ” जरा” काे अर्थ सुनिर समुहका पदाधिकारीलाई नै थाहा नभएकाे देखिएको छ ।

अधिवेशन यता अहिलेसम्मका गतिविधी र निर्णय निहाल्दा असफल भैसकेकाे निरक गुरुङ नेतृत्वको सुनिर समुह चरणबद्ध असक्षम र असफलताका धेरै  सिंढी उक्लिदै छ ।

अधिवेशपछिकाे करिब बर्षदिनमा पनि जिल्ला कार्य समिति  र सचिवालयलाई पुर्णता दिन नसकेको सुनिर समुहले जरा नामक अर्थ नखुलेकाे अभियानमा कसरी  सफलता पाउँदा याे भने हेर्न बाँकी छ ।

एमाले लुम्बिनी  प्रदेश इन्चार्ज पद्ममा अर्याललाई साक्षी राखेर गरिएको भनिएको बैठकले जे जस्ता निर्ण गरेपनि सुनिर समुहकाे अराजकता, विभेदकारीता र दादागिरीका कारण धेरै  संगठित सदस्य रुष्ट देखिएका छन । अधिकाशले अहिले सदस्यता नविकरण गर्ने कि नगर्ने दाेधारमा छन ।

सुनिर समुहकाे यस्ताे अराजक दादागिरीमा सदस्यता नविकरण गरेर लेबी तिर्नुकाे खासै  औचित्य नरहने एक संगठित सदस्य नै बताउँछन् । संगठित सदस्यकाे लेबी समेत पचाउँदै  गरेकाृ देखिएकोले  यस बिषयमा गम्भीर रूपमा साेचेर मात्रै  अघि बढने अर्का संगठित सदस्य बताउँछन् ।

अहिले सुनिर समुहकाे बाँकेमा मात्रै नभई देशभरि नै आलोचना, टिकाटिप्पणी भैरहेकाे छ । सुनिर समुहका निर्णयदेखि सबै  गतिविधि  असफल भैरहेका छन । सुनीर समुहकै कारण बाँकेमा नेकपा एमालेले गति लिन सकेकाे देखिदैन ।  विमानस्थलमा नेता आउदा चाकडीमा तछाडमछाड गर्नेहरु व्यक्तिगत स्वार्थमा देखिएका छन ।

अर्कमले गरिदिएको काममा जस लिन अघि सर्ने सुनिर समुहले स०गठित सदस्यलाई विना काण स्पष्टीकरण साेध्ने, संगठन लथालिङ्ग बनाउने, सदस्यलाई रुष्ट बनाउने र  सामा सन्जालमा देखावटी भाैकाल मच्चाउने भन्दा अरु रचनात्मक  तथा  पार्टी हितमा काम गर्न सकेकाे छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय