नेपालगन्ज : समृद्धि फाउन्डेसन नेपालले बाँकेकाे जानकी गाउँपालिकास्थित इन्द्रपुरमा रक्तदान कार्यक्रम गरेकाे छ ।
गाउँपालिकाकाे ३ नम्बर वडाकाे आर्थिक तथा रेडक्रस साेसाइटी नेपालगन्जकाे प्राविधिक सहयाेगमा उक्त रक्तदान कार्यक्रम गरिएकाे फाउन्डेसनका संस्थापक अध्यक्ष महेशकुमार चाैधरी बताउछन ।
उक्त कार्यक्रममा पालिकाका वडा जनप्रतिनिधी, स्थानीय नागरिक, रेडक्रसकर्मी, युवा लगायतकाे सहभागीता थियाे ।
रक्तदान नै जीवन दान भएको हुँदा फाउन्डेसनले गरेकाे याे कार्यक्रम सराहनीय भएको भन्दै आगामी समयमा पनि नियमित रक्तदान गरि बाँकेमा देखिने गरेकाे रगत अभावमा सहजिकरण गर्न नेकपा एमाले बाँकेका पुर्व उपाध्यक्ष तथा युवा बाैद्विक नेता डिल्ली विसीले प्रशंसासहितकाे सुझाव दिएका छन ।
कार्यक्रममा समाजवादी युवा संघका बाँके अध्यक्ष महाेमद अहमद राईले रक्तदान जस्ताे पुण्य कर्ममा जतिसक्दो युवाहरूकाे सहभागीता हुनुपर्ने र यसका लागि गाउँशहरमा रक्तदानका लागि नागरिकलाई अपिल गर्नपर्ने बताउँछन् ।
रगत अभावमा अस्पतालमा छटपटाइरहेका विरामीकाे जीवन रक्षा गर्ने भएकोले यसकाे अभाव हुन नदिन फाउन्डेसन जस्तै विभित्र निकाय र संस्थाले नियमित रक्तदान गर्नपर्ने अखिल बाँकेका अध्यक्ष प्रकाश बिश्वकर्मा बताउँछन् ।






