ट्रेण्डिङ

नेपालगन्ज : बाँकेकाे नेपालगन्ज उपमहानगरपालिका २० राँझामा रहेकाे हाेल्डिङ्ग सेन्टर सरकारी मापदण्ड निजि क्षेत्रलाई हस्तान्तरण गर्न चलखेल भएको  खुलेकाे छ । यस बिषयमा यतिबेला नेपालगन्ज  उपमहानगरपालिका बाेडमै बिवाद देखिएको छ ।

उपमहानगरपालिकाकाे स्वास्थ्य महाशाखाका कर्मचारीकाे कमिसन सेटिङ्गमा उक्त सरकारी सम्पति नेपालगन्जकाे एक निजि अस्पताललाई दिने अन्तिम तयारी भएको खुलेकाे हाे ।

यसै बिषयमा बाेडका सदस्य र स्वास्थकै कर्मचारी बिच नै आन्तरिक विवाद भैरहेकाे उपमहानगरपालिकाकाे बिशेष श्रोत बताउँछ ।

काेराेनाकाे समयमा निर्माण गरिएको भाैतिक पुर्वाधार सहितकाे हाेल्डिङ्ग सेन्टरमा वडा नम्बर २० ले स्वास्थकाे बर्थिङ्ग सेन्टर  बनाउनका लागि माग गरेकाे छ ।

तर, उपमहानगरपालिकाकाे स्वास्थ शाखाले कमिसन चक्करमा कान्ति आराेग्य अस्पताललाई उपलब्ध गरतउने मेसाे मिलाइ सकेकाे खुलेकाे छ ।

सरकमरी सम्पति निजि अस्पताललाई दिने बिषयमा उपमहानगरपालिकाका बहुमत बाेड सदस्य र कर्मचारी सहमत छैनन ।

तर, स्वास्थ शाखाले जबर्जस्ती मनलाग्दी हस्तान्तरण गर्ने काेशिस गरेकाे छ श्रोतले भन्याे ” कमिसनकाे खेलमा सरकारी सम्पति निजि अस्पतालाई दिनबाट राेकिनुपर्छ ।”

अहिले उक्त सेन्टरमा करिब ६०/७० लाखकाे सामान समेत छ श्रोतले भन्याे ” यहि सामानमा कमिसनकाे खेल भैरहेकाे छ ।”

तर, राँझा क्षेत्रका नागरिक र जनप्रतिनिधि तथा स्वास्थकै कर्मचारीले उक्त हाेल्डिङ्ग सेन्टरमा बर्थिङ्ग सेन्टर सन्चालन गर्न माग गरेका छन ।

यहाँ  बर्थिङ्ग सेन्टर भएमा  यसले भेरी लगायतका अस्पतालमा आउने विरामीकाे चापमा कमी आउने र स्थानीयले स्थानीय ठाउँमै सेवा पाउने छन । तर, यता तर्फ स्वास्थ  महाशाखाकाे ध्यान गएको देखिदैन ।

स्वास्थ्य नीति अनुसार पनि सरकारी सम्पति यसरी मनलाग्दी नीजि अस्पताललाई दिन मिल्दैन । यस बिषयमा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमाेद रिजाल सरकारी सम्पति निजी क्षेत्रलाई हस्तान्तरण गर्नु गलत भएको भन्दै स्वास्थ्य शाखाले याे काम राेक्नुपर्ने बताउँछन् ।

उनका अनुसार पनि उक्त ठाउँमा बर्थिङ्ग सेन्टर नै सन्चालन गर्नपर्छ । अहिले याे कुरा नेपालगन्ज  उपमहानगरपालिकामा आन्तरिक विवादकाे बिषय बनिरहेको छ । तर, मेयर, उपमेयर चुपचाप देखिएका छन ।

यस बिषयमा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द  काेराेनाका वेला बनेका पुर्वाधार अलपत्र  र जीर्ण भएकोले यीनकाे संरक्षण र प्रयाेग गर्न खाेजिएकाे बताउँछन् । उनका अनुसार अहिले कसलाई दिने वा कसरी प्रयाेगमा ल्याउने वारे छलफल मात्रै  हाे निर्णय भएको छैन।

प्राइभेेट पब्लिक साझेेदारीमा जान सकिने वा नसकिने सबैकाे सहमति र सल्लाह अनुसार प्रकृयागत ढंगले अघि बढने भनिएको छ उनले भने ” कमिसनकाे चक्करमा स्वास्थ शाखा लागेकाे भन्ने गलत हाे  । हामी नियम भन्दाबाहिर जादैनाै ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय