नेपालगन्ज : बाँकेका सिडिओ धर्मराज जाेशी आएको सातादेखि नपुग्दै विवाद र लफडामा फसेकाे देखिएकाे छ ।
तत्कालीन सिडिओ खगेन्द्र रिजाल यहाँबाट सरुवा भएपछि गृह मन्त्रालयबाट बाँके आएका जाेशी राप्तीसाेनारीकाे एक कार्यक्रमका कर्मचारीलाई खलासीकाे संज्ञा दिएर विवादमा मात्रै आएनन आलाेचित समेत भएका छन ।
उनकाे याे भनाइ र शब्द चयनले सहचालक यातायातकर्मीमाथि आघात मात्रै पुगेन कर्मचारीलाई अपमान समेत भएको नागरिक समाजका अगुवाले टिप्पणी गरेका छन ।
आलाेचना र विवादका बिच बाँकेकाे बाल सुधार गृहमा रहेका बालबालिकाले गृहमा हंगमा मच्चाएपछि सिडिओे जाेशीकाे निदहराम भएको देखिएको छ ।
आन्तरिक विवादले सुधार गृहमा लफडा हुँदा यसकाे समाधानमा समाचार तयार पार्दासम्म बाँके सपडिओ र एसपी तुलबहादुर कार्कीकाे भुमिका सामान्य देखिएको अधिकारकर्मी बताउँछन् ।
उक्त सुधार गृहमा रहेका बालबालिकाले शुक्रबार रातिदेखि नै लफडा गरेपछि यतिबेला पनि सुधार गृह क्षेत्र तनावग्रस्त रहेकाे स्थानीय बताउँछन् । बाँके सिडिओेले घटना सममधान तर्फ ततकाल एक्शन लिन र एसपीले सुरक्षा व्यवस्थापन गतिलाे बनाउन नसकेकाे देखिएको छ ।
तर, सिडिओ जाेशी शनिबार १२ बजेपछि मात्रै घटनास्थल तिर गएका छन । यद्यपि समस्या समाधान भने समाचार तयार पार्दासम्म हुन सकेकाे छैन ।
यहाँ पटक/ पटक यस्ता लफडा हुन्छन ।
समाधानका लागि छानबिन समित बन्छन तर समस्या समाधान भने भएको देखिदैन । पछिल्लो दुई बर्ष यता यहाँका समस्या समाधान गर्न भन्दै करिब आधा दर्जन छानबिन समिति बनिसकेका छन ।
तर, समितले प्रभावकारी काम गर्न र सिफारिस भएका प्रतिवेदनमाथि राज्यले कारवाही अघि बढाउन सकेकाे छैन ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालका बालसुधार गृहको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरुको प्रतिवेदन पारित गरेको थियाे।






