नेपालगन्ज : सिद्धपाइलामा समाचार छापेकाे केही समयमै नेपालगन्ज ट्राफिकले ओभरलाेड ढुवानी गरेकाे ट्रक र टिप्परलाई कारवाही गरेकाे छ ।
उक्त टिप्परलाई नेपालगन्जकाे फुल्टेक्राबाट नियन्त्रणमा लिई कारवाही गरेकाे नेपालगन्ज ट्राफिकका बरिस्ठ सई प्रविन आचार्यले बताए ।
बाँकेमा अहिले यसरी मापदण्ड विपरित ओेभरलाेड गर्नेकाे हाेडबाजी चलेकाे छ । यसकाे राेकथाममा ट्राफिक सक्रियता जरुरी देखिएको छ ।






